हेम चन्द्र राई  भदौ २६,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई  भदौ २६, 
२०८२, ४ फाल्गुन सोमबार
काठमाडौँ - KTM

राजदुतावास, एनआरएनको सक्रियतामा ४ महिनादेखि अलपत्र ३० नेपाली कामदार काममा फर्कदै

२०७३, २६ भाद्र आईतवार ००:५२

हेम चन्द्र राई  भदौ २६, युएई | रोजगारी सिलसिलामा बिगत ११ महिना अघि युएई स्थित दुबई इमिरेट्समा डिपिएस ( डिपार्टमेन्ट अफ प्रोटेकटिभ सिस्टम )  सेकुरिटी गार्डमा पुगेका अलपत्र भनिएका ३० जना नेपाली कामदारहरू सोमबार देखि पुन काममा फर्कने भएका छन् । बिगत चार महिना देखी तलब , सेवा सुविधाबाट बन्चित उनीहरु अलपत्र परेका थिए ।

एनआरएन , नेपाली राजदुतावासको बिशेष सकृयतामा शनिबार भएको त्रिपक्षिय बैठकमा कामदारले सम्झौता मुताविक पाउने तलब तथा सेवा सुबिधा आउदो ३१ अक्टोबरसम्म अर्थात ४५ दिन भित्रमा दुइ  किस्तामा कम्पनीको म्यानेजमेन्टले प्रदान गर्ने लिखित सम्झोैता भए पछि कामदारहरू पुन काममा फर्कन लागेका हुन् ।

नेपाली राजदुतावास युएर्इका श्रम सहचारी हिरा कुमारी यादव , एनआरएन यूएईका अध्यक्ष सुदिप कार्की तथा उपाध्यक्ष रमेश श्रेष्ठ, कम्पनिको तर्फबाट म्यानेजमेन्ट  र पिडित पक्ष बीच गम्भीर छलफल पश्चात  बिगत चार महिनाबाट अलपत्र ३० नेपाली पुन काममा फर्कने निर्णय गरेका हुन । हालसम्म उनीहरुको ११ हजार देखी २० हजार दिरामसम्म तलब लिन बाकी रहेको पीडितले बताएका छन ।

लिडर सेकुरिटी सर्भिस कम्पनीका म्यानेजमेन्टको सदस्य हाल राखिएको सार्जा सनैया – ३ लेबर क्याम्पमा पुगी कामदारहरू सँग प्रत्यक्ष भेटघाट गरि यथार्थ बुझेका थिए । बैदेशिक रोजगार एेन अनुसार पाउने तलब सुबिधा कटौती भएकोमा कम्पनीको एकाउण्टमा केही प्रबिधिक समस्याले गर्दा तलबमा कमी आएको भन्दै कम्पनीले सम्झौता अनुसार तलब सुबिधा दिने लिखित पत्र राजदुताबास युएर्इलार्इ दिएको छ । कम्पनीले दिएको उक्त पत्रमा ३१ अक्टोबर अर्थात ४५ दिन भित्रमा पीडित सबै कामदारहरुलाई दुर्इ किस्तामा तलब दिने तथा तत्काल सबैलाई काममा लगाउने समेत  जनाएको छ ।

११ महिना पहिले काठमाण्डौ स्थित हिमअरब ओभरसिज र एनसिएफ म्यानपावर मार्फत युएईको दुबई  इमिरेट्समा रहेको लिडर सेक्युरिटि सर्भिसेस कम्पनीले आफ्नो सेकुरिटी गार्डलाई भने सार्जा इमिरेट्समा रहेको सनैया – ३ लेबर क्याम्पमा राखेको थियो । सुरक्षा गार्डको लागि आएको ३० अलपत्रमा परेका पीडितलाई माओवादी केन्द्रको बिदेश बिभाग संगठन जन प्रगतिशील मंच युएईले आर्थिक तथा रासन समेत बितरण गरेको थियो । एनआरएन नेपाली दूतावासको पहलमा भएको सम्झौता कार्यनयन हुन्छ हुँदैन संकोचमा रहेको कुरा पीडितले बताएकाछन । " यो कम्पनीको म्यानेजमेन्टले हालसम्म लिन बाकी रकम र कसैलाई डिउटी दिने कसैलाई खाली क्याम्पमा राख्ने काम बन्द गरेर ४५ दिन भित्रमा सबैको बाकी तलब र कामदार काममा लगाउने प्रतिवद्द्ता नेपाली दूतावासको बीच हामी पीडितहरुको माझमा तृपक्षिय लिखित सम्झौता भएको छ कार्यनयन होस भन्ने पक्षमा रहेको कुरा पीडितहरुको धारणा रहेको छ ।" सो कम्पनीमा नेपालीहरुको अलवा पाकिस्तानी , भारतिय , अफ्रिकाको नागरिक सेकुरिटी गार्डमा कार्यरत छन । पीडित ३० जना मध्य कसैलाई काम दिने कसैलाई काम नदिकन राख्ने , तलब समयमा नदिने , अपुरो तलब दिन गर्दै जादा अन्ततः ३० नेपाली युवाहरू चार महिना देखी अलपत्रमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने