भदौं २७, काठमाडौं । राहदानी (पासपोर्ट) हराए अब प्रहरी रिपोर्ट लिन नपर्ने भएको छ । राहदानी विभागले सम्बन्धित जिल्ला प्रहरी कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं २७, काठमाडौं । राहदानी (पासपोर्ट) हराए अब प्रहरी रिपोर्ट लिन नपर्ने भएको छ । राहदानी विभागले सम्बन्धित जिल्ला प्रहरी कार"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

पासपोर्ट हराए अब प्रहरी रिपोर्ट र पत्रिकाको सूचना नचाहिने, यस्तो छ नयाँ प्रक्रिया !

२०७३, २७ भाद्र सोमबार ०८:५९

भदौं २७, काठमाडौं । राहदानी (पासपोर्ट) हराए अब प्रहरी रिपोर्ट लिन नपर्ने भएको छ । राहदानी विभागले सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई हटाएको हो ।

प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट ल्याउने प्रक्रिया झन्झटिलो भएको र सर्वसाधारणले बढी सास्ती खेप्नुपरेको भन्दै राहदानी विभागले सहजताका लागि प्रहरी रिपोर्ट नचाहिने व्यवस्था लागू गरेको हो ।

नेपाल प्रहरीसँगको सहकार्यमा राहदानी विभागले प्रहरी रिपोर्ट लिन नपर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए । ‘अब पत्रपत्रिकामा पनि राहदानी हरायो भनेर सूचना दिइरहनु पर्दैन’, महानिर्देशक थापाले भने, ‘सिधै राहदानी विभाग आएर जानकारी गराउन सक्छन् ।’

थापाका अनुसार पासपोर्ट हराए अब सिधै राहदानी विभागमा गएर निवेदन दिनुपर्नेछ । त्यसपछि विभागले त्यसको भेरिफाइ गरेर नेपाल प्रहरीलाई जानकारी गराउनेछ । राहदानी विभागले पठाएको इमेल नेपाल प्रहरीले बढीमा ५ मिनेट भित्रमा रिप्लाई गर्नेछ । त्यसपछि प्रहरीले इन्टरपोलमार्फत सबै देशहरुमा हराएको राहदानी नम्बर इमेल गर्छ ।

इन्टरपोलले सबै देशका विमानस्थलमा फेरि सो बारे जानकारी गराउनेछ । हराएको पासपोर्ट कसैले बोकेर हिँडे त्यो मानिस पक्राउ पर्ने महानिर्देशक थापाले बताए । राहदानी विभागले नयाँ व्यवस्था लागू भएपछि अरूको नाममा पासपोर्ट बोकेर यात्रा गर्ने, एमआरपी अरुलाई बेच्नेजस्ता काम बन्द हुने विश्वास आफूहरुले लिएको महानिर्देशक थापाले बताए ।

विगतमा सभासदहरु नै राहदानी बेच्ने कार्यमा सम्ंलग्न रहेका थिए । त्यस्तै केही महिनाअघि मलेसियाबाट आएका १० नेपाली युवा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। उनीहरुले अरुको नाममा जारी भएको एमआरपी बोकेर नेपाल आएका थिए ।

राहदानी हराए कुन क्षेत्रमा हराएको हो, क कर्गको राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नुपर्दथ्यो । त्यसको अर्धकट्टी बोकेर राहदानी हराउने व्यक्ति प्रहरीकहाँ उजुरी गर्न जानु पर्दथ्यो । त्यसपछि प्रहरीले दिएको रिपोर्ट लिएर फेरि राहदानी हराउने ब्यक्ति राहदानी विभागमा गएर निवेदन दिनुपर्ने झन्झटिलो प्रक्रिया थियो । सेतोपाटीबाट 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित