भदौ २८, पर्बत | व्यावसायिक पशुपालनमा वृद्धि भएसँगै पर्वतमा उन्नत घाँस खेती समेत फस्टाउदो छ । जिल्लामा हिउदको समयमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, पर्बत | व्यावसायिक पशुपालनमा वृद्धि भएसँगै पर्वतमा उन्नत घाँस खेती समेत फस्टाउदो छ । जिल्लामा हिउदको समयमा"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

पर्वतमा फस्टाउँदैछ जै घाँस, बीस टन बीउ उत्पादन

२८ भाद्र २०७३, मंगलवार ०६:२३

भदौ २८, पर्बत | व्यावसायिक पशुपालनमा वृद्धि भएसँगै पर्वतमा उन्नत घाँस खेती समेत फस्टाउदो छ । जिल्लामा हिउदको समयमा कृषकहरुले भूई घाँसहरु वर्षे र बहुवर्षे गरी दुई थरीको व्यावसायिक खेती गर्दै छन् ।

कृषकहरुले खेती गरेका उन्नत जातको घाँसहरुमा जै, वरसिम, भेज लगायत छन् । यीमध्ये जै घाँसको व्यावसायिक उत्पादनमा कृषकहरुको रुचि बढेको हो । जिल्लामा व्यावसायिक पशुपालन गर्दै आएका दर्जनौ कृषकहरुले जै घाँसको बीउ विक्री गरेर मात्र पनि मनग्य आम्दानी गरेका छन् । प्रति केजी ४५ रुपैयासम्ममा जै घाँसको बीउ विक्री हुने गरेको छ । 

यस वर्ष मात्र जै घाँसको विउ उत्पादन २० टन भएको जिल्ला पशु कार्यालयले जनाएको छ । गत वर्ष ३० टन बीउ उत्पादन भएकोमा यस वर्ष केही सुख्खा परेकोले वीउको उत्पादन घटेको हो । जै घाँसबाट पशुहरुलाई हरियो घाँस साथै वीउ समेत उत्पादन हुन्छ । जै घाँसमा पर्वत आत्मनिर्भर समेत बनेको छ । उत्पादित जै घाँसको वीउमध्ये करीव ८ टन पर्वतमै खपत हुन्छ भने बाँकी विभिन्न जिल्लामा विक्री हुने पाइएको छ । बार्है महिना हरियो भै रहने हुँदा पनि यो घाँसमा कृषकको रुचि बढेको हो । सुख्खायाम हिउदमा पशुहरुलाई सुकेको पराल मात्र खुवाउने झण्झटबाट जै घाँसले कृषकहरुलाई राहत दिएको कृषकहरुकै भनाई छ । जै घाँस खुवाएपछि दुध उत्पादनको दर वृद्धि हुने र पशुको स्वास्थ्य बलियो हुने जिल्ला पशु विकास अधिकृत विष्णु बहादुर पाण्डेको दावी छ । 

जिल्लाको पाङ, खुर्कोट, कटुवाचौपारी, देउपुर, खानीगाउँ, देवीस्थान, कुर्घा लगायतका स्थानहरु जै घाँसको पकेट क्षेत्र मानिन्छन् । जै घाँस खासगरी सिंचाईको सुविधा भएको खेती योग्य जमिनमा बढी फस्टाउने गर्दछ । जिल्ला पशुसेवा कार्यालयले यस वर्ष जै घाँसको १५००० केजी वीउ अनुदानमा कृषकहरुलाई वितरण गरेको जनाएको छ । जै घाँसको बीउ प्रति हेक्टर १०० देखि १२० केजीसम्म लगाइने गरिन्छ । 

जै घाँसको व्यावसायिक खेती गरेकी कृषक शोभा कुमारी क्षेत्रीले यस वर्ष १२ क्वीण्टल बीउ उत्पादन गरेकी छन् । कुर्घा ६ चिर्दीखोला घर भएकी क्षेत्रीले १० रोपनी जग्गामा घाँस लगाएकी हुन् । उनले केही बीउलाई पिसेर दानाको रुपमा आप्mना गाईभैसीहरुलाई खुवाएको बताईन् । कृषक क्षेत्रीले भनिन्,‘हिउदमा हरियो घाँस खुवाउन पाइने र वर्षमै दुई पटक घाँसको उत्पादन गरेर फेरि बीउ समेत उत्पादन गर्न पाइने हुँदा जै घाँसको खेती राम्रो लागेको छ ।’विकासे घाँसको खेतीका कारण पशुपालक कृषकहरुको व्यवसायमा समेत टेवा पुगेको पाईन्छ भने जिल्लामा दुग्ध उत्पादन समेत वृद्धि भएको स्थानीय दुग्ध सहकारी व्यवसायी राजु शर्मा बताउँछन् । यो वर्षदेखि मोलाटो, सिटेरिया, सिओफोर नेपियर लगायत घाँसका बेर्ना उत्पादनमा लाग्ने जिल्ला पशु कार्यालयका पशु विकास अधिकृत पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने