भदौ २८, पर्बत | व्यावसायिक पशुपालनमा वृद्धि भएसँगै पर्वतमा उन्नत घाँस खेती समेत फस्टाउदो छ । जिल्लामा हिउदको समयमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, पर्बत | व्यावसायिक पशुपालनमा वृद्धि भएसँगै पर्वतमा उन्नत घाँस खेती समेत फस्टाउदो छ । जिल्लामा हिउदको समयमा"/>
2026-09-19 08:16 PM
अर्थ/विकास

पर्वतमा फस्टाउँदैछ जै घाँस, बीस टन बीउ उत्पादन

भदौ २८, पर्बत | व्यावसायिक पशुपालनमा वृद्धि भएसँगै पर्वतमा उन्नत घाँस खेती समेत फस्टाउदो छ । जिल्लामा हिउदको समयमा कृषकहरुले भूई घाँसहरु वर्षे र बहुवर्षे गरी दुई थरीको व्यावसायिक खेती गर्दै छन् ।

कृषकहरुले खेती गरेका उन्नत जातको घाँसहरुमा जै, वरसिम, भेज लगायत छन् । यीमध्ये जै घाँसको व्यावसायिक उत्पादनमा कृषकहरुको रुचि बढेको हो । जिल्लामा व्यावसायिक पशुपालन गर्दै आएका दर्जनौ कृषकहरुले जै घाँसको बीउ विक्री गरेर मात्र पनि मनग्य आम्दानी गरेका छन् । प्रति केजी ४५ रुपैयासम्ममा जै घाँसको बीउ विक्री हुने गरेको छ । 

यस वर्ष मात्र जै घाँसको विउ उत्पादन २० टन भएको जिल्ला पशु कार्यालयले जनाएको छ । गत वर्ष ३० टन बीउ उत्पादन भएकोमा यस वर्ष केही सुख्खा परेकोले वीउको उत्पादन घटेको हो । जै घाँसबाट पशुहरुलाई हरियो घाँस साथै वीउ समेत उत्पादन हुन्छ । जै घाँसमा पर्वत आत्मनिर्भर समेत बनेको छ । उत्पादित जै घाँसको वीउमध्ये करीव ८ टन पर्वतमै खपत हुन्छ भने बाँकी विभिन्न जिल्लामा विक्री हुने पाइएको छ । बार्है महिना हरियो भै रहने हुँदा पनि यो घाँसमा कृषकको रुचि बढेको हो । सुख्खायाम हिउदमा पशुहरुलाई सुकेको पराल मात्र खुवाउने झण्झटबाट जै घाँसले कृषकहरुलाई राहत दिएको कृषकहरुकै भनाई छ । जै घाँस खुवाएपछि दुध उत्पादनको दर वृद्धि हुने र पशुको स्वास्थ्य बलियो हुने जिल्ला पशु विकास अधिकृत विष्णु बहादुर पाण्डेको दावी छ । 

जिल्लाको पाङ, खुर्कोट, कटुवाचौपारी, देउपुर, खानीगाउँ, देवीस्थान, कुर्घा लगायतका स्थानहरु जै घाँसको पकेट क्षेत्र मानिन्छन् । जै घाँस खासगरी सिंचाईको सुविधा भएको खेती योग्य जमिनमा बढी फस्टाउने गर्दछ । जिल्ला पशुसेवा कार्यालयले यस वर्ष जै घाँसको १५००० केजी वीउ अनुदानमा कृषकहरुलाई वितरण गरेको जनाएको छ । जै घाँसको बीउ प्रति हेक्टर १०० देखि १२० केजीसम्म लगाइने गरिन्छ । 

जै घाँसको व्यावसायिक खेती गरेकी कृषक शोभा कुमारी क्षेत्रीले यस वर्ष १२ क्वीण्टल बीउ उत्पादन गरेकी छन् । कुर्घा ६ चिर्दीखोला घर भएकी क्षेत्रीले १० रोपनी जग्गामा घाँस लगाएकी हुन् । उनले केही बीउलाई पिसेर दानाको रुपमा आप्mना गाईभैसीहरुलाई खुवाएको बताईन् । कृषक क्षेत्रीले भनिन्,‘हिउदमा हरियो घाँस खुवाउन पाइने र वर्षमै दुई पटक घाँसको उत्पादन गरेर फेरि बीउ समेत उत्पादन गर्न पाइने हुँदा जै घाँसको खेती राम्रो लागेको छ ।’विकासे घाँसको खेतीका कारण पशुपालक कृषकहरुको व्यवसायमा समेत टेवा पुगेको पाईन्छ भने जिल्लामा दुग्ध उत्पादन समेत वृद्धि भएको स्थानीय दुग्ध सहकारी व्यवसायी राजु शर्मा बताउँछन् । यो वर्षदेखि मोलाटो, सिटेरिया, सिओफोर नेपियर लगायत घाँसका बेर्ना उत्पादनमा लाग्ने जिल्ला पशु कार्यालयका पशु विकास अधिकृत पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो