२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे ४ बजेसम्म क-कसले बुझाए प्रदेशसभा उम्मेदवारको बन्दसूची ?

२०७९, ३ आश्विन सोमबार ११:४५

असोज ३, काठमाडौँ | राजनीतिक दलहरुले आसन्न निर्वाचनको समानुपातिकतर्फका  उम्मेदवारको बन्दसूची बुझाइरहेका छन् । 

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।


सोमबार अपरान्ह साढे ४ बजेससम्म प्रदेश १ का लागि किराँत खुम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपालले बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार मधेश प्रदेशका लागि तराई मधेश लोकतान्त्रिक पार्टी र बहुजन एकता पार्टी नेपाल, बागमती प्रदेशका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको आयोगले जानकारी दिएको छ । 

यसैगरी गण्डकी प्रदेशका लागि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी र लुम्बिनी प्रदेशका लागि राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारको बन्दसूची बुझाएको छ । 

यसैगरी सोमबार अपरान्ह साढे ४ बजेसम्म प्रदेशसभामा बन्दसूची बुझाउने दलहरुमा कर्णालीका लागि राष्ट्रिय जनमोर्चा र सुदूरपश्चिमका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी