११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

तिब्बतको पग्लिरहेको हिमनदीमा भेटियो १५,००० वर्ष पुरानो भाइरस

१४ कार्तिक २०७९, सोमबार ०६:४५

कात्तिक १४, काठमाडौँ | कोरोना भाइरसको प्रभावबाट विश्व अझै पूर्णरुपमा निको हुन सकेको छैन, यसैबीच वैज्ञानिकहरूले नयाँ महामारीको खतरा व्यक्त गरेका छन् । हालै एउटा अनुसन्धान गरिएको थियो जसमा अर्को महामारी हिमनदी पग्लिएका कारण निम्तिने चेतावनी दिइएको छ । अनुसन्धानमा कोरोनाका सबै प्रकारका खतरनाक भाइरस र ब्याक्टेरिया हिमनदीमा लुकेको भनिएको छ ।  

हिमनदीहरूमा सयौं खतरनाक भाइरस र ब्याक्टेरियाहरू छन्। वैज्ञानिकले यी हिमनदीमा भाइरस पाउन थालिसकेका छन् । ग्लोबल वार्मिंगका कारण पृथ्वीको  बरफ पग्लिरहेका छन् र यहाँबाट प्राचीन जीव निस्किन थालेका छन् । यी प्राचिन भाइरसको फिर्ती हाम्रो लागि राम्रो होइन । बरफ पग्लिएपछि बाहिर आएका यी भाइरस वातावरणमा फैलिन सक्छन् ।

Ancient 15,000-year-old viruses found emerging from melting glacier ice |  The US Sun

माइक्रोबायोममा प्रकाशित शोधमा अनुसन्धानकर्ताले तिब्बती पठारको गुलिया आइस क्याम्पबाट दर्जनौँ अचम्मका भाइरसको पहिचान गरेका छन् । यो भाइरस करिब १५ हजार वर्ष पुरानो बताइएको छ । शोधका मुख्य लेखक तथा ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट जि पिङ झोङले यी हिमनदी बिस्तारै बनेको बताए । धुलो र ग्यासका साथै थुप्रै भाइरस पनि त्यहि बरफमा जमे ।

पछिल्ला अध्ययनबाट के पत्ता लागेको छ भने सुक्ष्मजीव समुदायको सम्बन्ध, वातावरणमा धुलो र आयन सान्द्रतामा परिवर्तनसँग जोडिएको हुन्छ । यसले त्यतिबेलाको जलवायु र पर्यावरणीय परिस्थितिको पनि संकेत दिन्छ । चीनमा समुद्र सतहबाट ६.७ किलोमिटर उचाइमा रहेको पुरातन समयका यी जमेका हिमनदीमा ३३ मध्ये २८ वटा भाइरस पहिले कहिल्यै नदेखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट म्याथ्यू सुलिवनका अनुसार यो यस्ता भाइरस हुन् जुन कठिन वातावरणमा हुर्किएका होलान् । ज्ञात भाइरसको डाटाबेसले यी भाइरसको जेनेटिक सिक्वेन्सको तुलना गर्दा बरफमा भेटिएका सबैभन्दा धेरै भाइरस ब्याक्टिरियोफेज भाइरस थिए जुन मिथाइलोब्याक्टेरियमलाई संक्रमित गर्छन् । मिथाइलोब्याक्टेरियम ब्याक्टेरिया बरफभित्र मिथेन चक्रका लागि महत्वपूर्ण हुन्छन् ।

यो भाइरस, बोटबिरुवा र माटोको मिथाइलोब्याक्टेरियम स्ट्रेन्समा बस्ने भाइरससँग सबैभन्दा बढी मेल खान्थे । टिमले यो जमेको भाइरस हुनसक्ने निष्कर्ष निकाले जुन माटो वा बोटबिरुवाबाट उत्पन्न हुन्छन् र आफ्नो होस्टका लागि पोषक तत्व जम्मा गर्छन् । जबकी कोभिड–१९ महामारीपछि, यस्ता भाइरसले थप डर पैदा गर्छन् । सबैभन्दा ठूलो खतरा त यो पनि हो कि पग्लिँदै गरेको बरफले ठूलो मात्रामा सिक्वेन्स्ड मिथेन र कार्बन छोडिरहेको छ ।

पृथ्वी वैज्ञानिक लोनी थम्पसनले भने, ‘हामीलाई कठिन वातावरणमा बस्ने भाइरस र किटाणुबारे धेरै कम थाहा छ । हामीलाई थाहा छैन कि जलवायु परिवर्तनमा ब्याक्टेरिया र भाइरसले कस्तो प्रतिक्रिया गर्छन् । धेरै कुरा अनुसन्धान गर्नै बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक