२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विगतका काम सम्झेर फेरि काम गर्ने मौका दिनुस् : सीता गुरुङ

२०७९, २७ कार्तिक आईतवार ०९:५३

कात्तिक २७, तेह्रथुम | कांग्रेसकी केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धनका तेह्रथुमकी साझा उम्मेदवार सीता गुरुङले विगतमा गरेका योगदानको मुल्यांङन गरी जिल्लाको विकास र सम्मृद्धिका निम्ति आफूलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेकी छिन् । ‘मैले ३१ बर्ष लामो उर्जासिल उमेर तेह्रथुमको विकासको निम्ती खर्चेको छु । छथरदेखि आठराईसम्मको नागरिकहरूको समस्या नजिँकैबाट नियालेको छु । जिल्लाको विकासको निम्ती अल्पकालिन र दीर्घकालिन योजना बनाएर तपाईहरू सामु आएको छु । विगतमा मैले गरेको कामहरुलाई सम्झिनुस् । अनि मलाई काम गर्न मौका दिनुस्,’ उनले भने । 

गुरुङ ०७४ सालमा तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी थिइन् । त्यसबेला एमालेका भवानी खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन् । खापुङ २१ हजार तीन सय ३५ मत ल्याएर विजयी भएका थिए भने गुरुङले १९ हजार तीन सय १४ मत ल्याएर पराजित बनेकी थिइन् । खापुङ अहिले एकिकृत समाजवादी पार्टीमा रहेकाले यसपटक उनैको सहयोग र सत्ता गठबन्धनको साथमा उम्मेदवार बनेकी छिन् । 

गुरुङसँग एमालेका डाक्टर विजय सुब्बा चुवानी मैदानमा छन्  । उनी एकल चुवानी प्रतिश्पर्धामा छ । अंक गणितीय रुपमा हेर्ने हो भने स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतका आधारमा तेह्रथुममा एमाले सबैभन्दा ठूलो दल हो । एमाले एक्लैको यहाँ २२ हजार तीन सय १२ मत छ । तर, सत्तारुढ गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा भने एमाले पछि छ ।

यहाँ कांग्रेसको २१ हजार नाै सय ११ र माओवादी केन्द्रको ६ सय ८६ र एकीकृत समाजवादीको पाँच सय ४६ मत छ । ०६४ सालबाहेक तेह्रथुमबाट सबै चुनाव एमालेले जितेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ