2026-09-18 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाडोमा हुने छालाको समस्याबाट जोगिन के गर्ने ?

काठमाडौं | जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाएका छन् । 

जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्–‘यो समयमा बाहिरी वातावरण सुक्खा हुनाले छालामा सोझो असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो, धुवाँले छालालाई थप नोक्सान पु¥याउँछ । बाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ ।’ 

उनका अनुसार विशेषगरी संवेनदशील छाला भएकालाई यस्तो समस्याले झनै सताउँछ । जाडोमा छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । डा. अमात्य जाडोमा छाला सुक्खा हुनेबित्तिकै जे पायो त्यही क्रिम प्रयोग गर्दा समस्या समाधान हुनुको साटो झन् बढ्ने भएकाले सावधानी अपनाउन सुझाव दिन्छिन् । उनले कतिपयलाई छालाको एलर्जीसमेत हुने भएकाले जाडोमा लगाइने क्रिम (मोइस्चराइजर) छनोट गर्दा निकै विचार पु¥याउनुपर्ने बताइन् । सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छालाअनुसारको क्रिम छनोट गर्नुपर्ने उनको सुझाव छ ।

डा. अमात्यले भनिन्–‘जाडो होस् वा गर्मी, छालाको सुरक्षाका लागि अनिवार्य रूपमा सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसले छालालाई सूर्यको किरणबाट बचाउँछ ।’

अर्का छालारोग विशेषज्ञ डा. धमेन्द्र कर्णले जाडोमा छाला रुखो, फुट्ने, सुक्खा हुने समस्या हुनुका साथै छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चायाँ, पोतो आउने समस्या हुने जानकारी दिए । डा. कर्ण पर्याप्त मात्रामा पानी वा झोलिलो खानेकुरा खानुका साथै अनुहारमा तातोपानीको वाफ लिनु उपयुक्त हुने बताउँछन् । छाला स्वस्थ राख्ने भन्दा हामी छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिन्छाँै तर यसमा आन्तरिक रूपले नै सचेत हुनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया