2026-09-04 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी र अनौपचारिक क्षेत्रमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

मङ्सिर ११, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभएको छ । 

पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा परिमार्जन हुँदै आएका छन्”, उहाँले भन्नुभयो, “यसबाट सामाजिक सुरक्षाको दायरा फराकिलो भएको छ, सामाजिक सुरक्षाको हकबाट कोही पनि वञ्चित हुनुपर्दैन ।” कोषको दायरा बढाउँदै श्रमिकका परिवारलाई उद्यमशीलतासँग जोड्ने सरकारको योजना रहेको उहाँको भनाइ छ ।

श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले कोषमा आबद्ध हुन रोजगारदाता र श्रमिकले कुनै अप्ठ्यारो मान्न नहुने जनाउँदै कोषले योगदानकर्तालाई आकर्षक सेवासुविधा प्रदान गर्दै आएको बताउनुभयो । ¥

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा संशोधन गरी सुविधालाई योगादनमैत्री बनाउँदै लगिएको बताउनुभयो । योगदानकर्ताका पति वा पत्नीको औषधि उपचार खर्च र योगादनकर्ताको घातक रोग उपचारको खर्च कोषले व्यहोर्ने गरी कार्यविधि संशोधन गरिएको उहाँको भनाइ छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव नवराज दाहालले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा सरकारले क्रियाशिलता देखाउनुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमिकलाई तत्काल सामाजिक सुरक्षाको योजनामा ल्याउन माग गर्नुभयो । 

गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कोषमा श्रमिकलाई सूचीकृत गरी नियमित योगदान गर्ने उत्कृष्ठ १० रोजगारदातालाई सम्मान गरिएको थियो । सम्मानित रोजगारदाता किरण शुज म्यानुफ्याक्चरका निर्देशन गौरव बस्नेतले सामाजिक सुरक्षा कोषमा योगदान गर्न थालेसँगै आफ्नो उद्योगमा श्रमिक र रोजगारदाताबीच सौहार्द सम्बन्ध कायम गर्न सहयोग मिलेको बताउनुभयो ।

विसं २०६७ मा सामाजिक सुरक्षा कर सङ्कलनका लागि भन्दै कोषको स्थापना गरिएको थियो । योगदानमा आधारित समाजिक सुरक्षा योजना सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय

कोषले आजदेखि बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय स्थापना गरेको छ । कोषले यसअघि विराटनगर र सिमरामा सम्पर्क कार्यालय खोलेको थियो । गण्डकी प्रदेशको पोखरामा छिट्टै सम्पर्क कार्यालय खोलिने कोषले जनाएको छ । सम्पर्क कार्यालयबाट श्रमिक तथा रोजगारदाता सूचीकरणलगायतका काम हुनेछन् ।

कोषमा १७ हजार पाँच सय सात रोजगारदाता र तीन लाख ७५ हजार नौ सय चार योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा २६ अर्ब योगदान रकम सङ्कलन भएको छ । कोषले हालसम्म दुई अर्ब ७० करोड दाबी भुक्तानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ