भदौ ३१, दोहा । के पिडा होला यो प्रवाशी भुमिको रुदिनहु आउने मनका प्रश्न हरु, तातो ५५ डिग्रीको घाम मा सकि नसकी गरेको परिश्रम बगाएको पसिनाको फल नपाउदाको पिडा केही कमाउला र भबिश्य मा केही गरौंला भन्ने सपना बोकेर बैदेशिक रोजगारको शिलशिला मा कतार पुगेका ९ नेपाली अलपत्र परेका छन ।
लाजिम्पाट, काठमाडौं मा रहेको रोयल ओभर्सिज मेनपावर बाट कतारको एक पाकिस्तानी कम्पनी mafatc मा पुगेका ९ नेपाली युबक ६ महिना देखि तलब नपाउदा अलपत्र परेका छन। जसमा साजन पुन (नवलपरासी ) डान्स लम्साल ,पिताम्बर लम्साल, नागेस बि क (स्याङ्जा ) खुम राना (पाल्पा) गङराज खडका (भोजपुर) दयालु यादब (रुपन्देही ) राजकुमार श्रेष्ठ (काभ्रे) छबिलाल राई (इलाम) रहेका छन। कम्पनीले तलब दिन्छु भन्दै काम लगाएको तर ६ महिना पुग्दा सम्म तलब नदिदा अहिले न खाना न पानी सम्म को अबस्थामा छ्न ।
६ महिना सम्म तलब नदिदा पसलमा उधारो धेरै भयकोले राशन लिएर खाना खान समेत अवस्था रहेको छैन । र बिगत ७ महिना देखि आइ डि को पनि मिति पुग्दा समेत आइ डि पनि मिति नथपिएको र बाहिर काम काजको लागि बाहिर निक्लन गार्हो भयको र तलब नदिदा कतै सम्पर्क गर्न रिचार्ज किन्न समेत उनिहरुलाइ गार्हो भयको छ। अहिले अन्तिम अबस्थामा पुगेपछि कतै सम्पर्कको माध्यम नपाउदा अलपत्र परेका हुन ।
उनिहरु भन्छन”रिचार्ज गरेर दुताबाशमा फोन गरु भन्दा पैसा नै छैन, दुताबास कता छ त्यो पनि थाहा छैन, रुम बाट बहिर निक्लने अबस्था नै छैन, अहिले कोहि संग पनि सम्पर्क छैन बाहिर जाउ भने आइडि को मिति सकियको छ, न त पैसा नै छ पसल मा उधारो धेरै भयकाले राशन पनि ल्यायर खान गार्हो भइरहेको छ, उनी हरु बताउछन ।
उनीहरुको अहिले रुम छोडेर बाहिर निकल्न समेत अबस्था रहेको छैन । अहिले ६ महिना पुग्दा समेत तलब नदिदा पसलमा भयको उधारोको कारणले पसलबाट राशन पनि लियर खान नसक्ने अबस्था भएपछि काम पनि छोडेका छन।नेपाली दूतावास कतार तथा कतार मा आबद्द गैरसरकारी संघ सस्था लाई उद्दार गरिदिनको लागि अपिल समेत गरेका छन ।