२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले कसलाई देलान् २७५ सांसदलाई हाँक्ने जिम्मेवारी ?

२०७९, १९ पुष मंगलवार ०७:०२

पुस १९, काठमाडौँ । सात दलीय सत्ता गठबन्धनमा कुनै गडबडी नआए नेकपा एमालेले राष्ट्रपति र सभामुख पाउने निश्चित नै छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइसकेकोले व्यवस्थापिकाको नेतृत्व एमालेकै हुने नेताहरु बताउँछन्। 


नयाँ संसद् आएकोले पुस २५ गते पहिलो संसद् बैठक बस्दैछ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिएपछि सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन गर्ने संसद् सचिवालयको तयारी छ। 

प्रतिनिधि सभाका २७५ सांसदलाई हाँक्ने जिम्मेवारी कसले पाउला? एमालेले कसलाई बनाउला सभामुख? यही प्रश्न एमालेको पार्टी कार्यालय च्यासल पुग्ने धेरै नेतालाई सोधिन्छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्याएको नेताले त्यो अवसर पाउने हुन्। त्यही भएर यही नेता सभामुख बन्छ भनेर ठोकुवा गरेर भन्न कुनै नेता तयार छैनन्। तर, धेरैले एक जना पदाधिकारीतिर संकेत गर्ने गरेका छन्।

ती हुन्, सचिव छविलाल विश्वकर्मा। दशौँ महाधिवेशनबाट सचिव निर्वाचित भएका उनी एमालेको इतिहासमै दलित समुदायबाट पदाधिकारी बन्ने पहिलो नेता पनि हुन्। 

विश्वासपात्र, पुरानो, विगतदेखि साथ दिएको र अप्ठेरो पर्दा खुलेर समर्थन दिएको हिसाबले विश्वकर्मा सभामुख हुनसक्ने एमालेका नेताहरुको अनुमान छ। रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित विश्वकर्मालाई सभामुख बनाएर यसपटक ओली आफूलाई लगाएका सबै गुण तिर्ने योजनामा छन्।

सभामुख बन्ने चर्चामा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई हराएर प्रतिनिधि सभा पुगेका एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, कास्कीबाट निर्वाचित विद्या भट्टराई पनि छन्। 

तर, यी सबैभन्दा बढी सम्भावना विश्वकर्माकै देख्छन्, एमालेका एक पदाधिकारी।

‘मैले थाहा पाएसम्म र अध्यक्षको मनोविज्ञान बुझे अनुसार उहाँले यसपटक छविलालजीलाई सभामुख बनाउनुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म उहाँकै पल्ला भारी छ। चुनाव जित्नुभएको, शान्त स्वभाव र सधैँ नेतृत्वको रक्षामा लागिरहनुभयो। सभामुखमा खास स्वभाव पनि चाहिन्छ, त्यो उहाँमा छ।’

अध्यक्ष ओलीले आफूलाई विगतमा साथ दिएका सबै नेताहरुलाई पालैपालो अवसर दिएकोले पनि विश्वकर्मा सभामुख बन्नसक्ने पहिलो र बलियो दाबेदार हुन्। 

‘चर्चा त हाम्रा उपमहासचिव पीएसको पनि छ, उहाँ पनि अनुभवी, शालीन, देखेको कुरा भन्ने मिलनसार नेता हो,’ ती पदाधिकारीले थपे, ‘विद्या भट्टराईजी पनि बौद्धिक र महिला नेता हुनुहुन्छ। उहाँको नाम चलेकै छ, अध्यक्षको यसो धारणा बुझ्दा यी दुई जनाभन्दा बढी सम्भावना छविजीकै बढी देखिन्छ।’

‘अध्यक्षले निर्णय गर्ने भएकोले पछि हेरफेर नहोला भन्न सकिन्न, फेरि यो नयाँ गठबन्धन बनेको छ, कतिपय कुरा मिलाउँदा परिस्थिति फेरिए बेग्लै हो, नत्र मैले अध्यक्षको चाहना यसपटक छविजीकै पक्षमा देख्छु,’ उनले भने। 

एमालेभित्र पृथ्वीसुब्बा गुरुङलाई सभामुख बनाउनुपर्ने लबिङ भइरहेको छ। कतिपयले भने भट्टराईको नाम अघि सारेका छन्।

एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचित र पदाधिकारीमध्ये एकजना सभामुख बन्ने बताए। 

‘हाम्रो पार्टीबाट प्रत्यक्ष निर्वाचित र पदाधिकारी रहनुभएका एकजना वरिष्ठ नेता सभामुख बन्नुहुनेछ,’ रिमालले भने, ‘अध्यक्षले निर्णय गरिसक्नुभएको छैन।’

एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँटमा सहमति हुँदा सभामुख र प्रधानमन्त्री आधाआधा कार्यकाल हुने सहमति भएको नेताहरु बताउँछन्। 

यदि यही सहमति कायम रहेमा पहिलो कार्यकालको साढे २ वर्ष सभामुख हुने अवसर विश्वकर्माले पाउनेछन्। 

आठौँ महाधिवेशनदेखि निरन्तर ओलीकै पक्षमा उभिएका विश्वकर्माले अहिलेसम्म कुनै अवसर पाएका छैनन्। दुई पटक ओली प्रधानमन्त्री हुँदा पनि सत्तामा अवसर नपाउने पदाधिकारी उनी मात्र हुन्। 

सुवास नेम्वाङ २०६३ देखि संविधान सभा अध्यक्ष हुँदै एमाले संसदीय दलको उपनेता बनिरहे सुवास नेम्वाङ। विद्यादेवी भण्डारी दुई पटक  राष्ट्रपति बनिन्। विष्णु पौडेल पनि पटकपटक अर्थमन्त्री बने। 

नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, रघुवीर महासेठ, सत्यनारायण मण्डल, शंकर पोखरेल र विष्णु रिमाल सबैले सत्तामा महत्वपूर्ण अवसर पाए।

तर, विश्वकर्माले भने कुनै अवसर पाएका छैनन्।

त्यसो त विश्वकर्मा सुरुवाती दिनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालनिकट थिए।

दोस्रो जनआन्दोलनपछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा कृषिमन्त्री पनि बने। 

तर, एमालेको आठौं महाधिवेशनपछि भने ओलीको पक्षमा खुले।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो