2026-07-05 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला

दाङ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले २०८४ को चुनावपछि मात्र कांग्रेसको महाधिवेशन हुने दावी गरेका छन् । दाङको घोराहीमा आज आयोजित पार्टीका जिल्ला, क्षेत्र, नगर, पालिका, वडाका अगुवा कार्यकर्ताहरुसँगको भेटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले पार्टीको महाधिवेशन सभापति शेरबहादुर देउवाले आफू चुनावी सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेपछि मात्रै हुने भन्दै २०८४ पछि मात्रै कांग्रेसको महाधिवेशन गर्न उपयुक्त हुने बताए । समयमै पार्टीको महाधिवेशन गर्नसके अत्यन्तै राम्रो हुने तर महाधिवेशन समयमा नभएर लम्बिएको खण्डमा आम चुनावको मुखमा महाधिवेशन गर्दा चुनावमा तिक्तता पैदा भई पार्टीले चुनावमा क्षति वेहोर्ने बताए ।

त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट मुलुकमा ठूला–ठूला विकास निर्माणको काम हुन नसकेको तर्क गरे । उनले कांंग्रेस सरकारमा सामेल भएपनि सरकारको नेतृत्वकर्ता ओलीले मुलुकमा सुशासन पनि दिन नसकेको आरोप लगाए । उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा उत्साह भएपनि ६ महिनाको बीचमा जनतामा निराशा छाउँदै गएको बताए ।

अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्वनापूर्ण वातावरण भएको भन्दै उनले कांग्रेसका जिम्मेवार पदाधिकारीले अहिले संसदलाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बस्दै हिँडेको आरोप लगाए । काग्रेस नेता– कार्यकर्ताहरुले विवेक पुर्‍याउनु पर्ने समय आउन लागेको भन्दै अब आउने महाधिवेशनमा आफू सभापति लड्ने पनि सुनाए । सभापति लड्ने सोच बनाइरहँदा देशभर कांग्रेस नेता–कार्यकर्ताहरुलाई भेट्ने क्रममा दाङ आइपुगेको चर्चा गर्दै नेता कोइरालाले घुमाउरो पारामा आउने सभापतिमा शेखर कोइरालालाई छाड्न नसक्ने जनाउ दिए ।

कोइराला परिवार एक ठाउँमा आउनु र नआउनु ठूलो अर्थ नराख्ने चर्चा गर्दै उनले रगतको नाताले मात्रै नहुने भएकाले विचारको एकता नहुँदासम्म कोइराला परिवार एक हुनुको अर्थ नरहेको टिप्पणी गरे । कांग्रेसभित्र शक्तिलाई केन्द्रीकृत गर्ने काम मात्रै भइरहेको बताउँदै उनले आफू नेतृत्वमा आएपछि केन्द्रवाट हुँदै आएको टिकट वितरण प्रकृयालाई पनि आफू जिल्ला, क्षेत्रलाई दिने गरी काग्रेसको विधान संशोधन गर्ने उनले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै