2026-07-05 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित

काठमाडौँ | नेकपा एकीकृत समाजवादीसँग एकताको अन्तिम गृहकार्यमा रहेको वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान अन्तिम समयमा हच्किएको छ ।

सैद्धान्तिक, वैचारिक र संगठनिक विषयहरू टुंगिएको भन्दै यसैसाता पार्टी एकता गर्ने दावी नेकपा एस र अभियानका नेताहरूले गरेका थिए । त्यसका लागि २७ पुसमा अभियानको केन्द्रीय कमिटी बैठक बस्ने र निर्णय गर्ने भनिएको थियो । तर, अभियानको बैठक एससँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने निर्णय लिन सकेन ।

‘अभियानको केन्द्रीय कमिटी बैठक बसेको थियो,’ महासचिव डीबी कार्कीले भने, ‘नेकपा एससँगको एकता प्रक्रियाबारे गम्भीर छलफल भयो । हामी वाम एकताको पक्षमा छौँ । त्यसैले नयाँ शिराबाट वामपन्थी एकताको बहस अघि बढाउन कमरेड वामदेव गौतमको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएर बैठक सकियो ।’

अब पार्टी एकताको विषय सोही समितिले टुंग्याउने उनले बताए । वार्ता समितिले नेकपा एससँगै एमालेलगायतका वामपन्थी दलहरूसँग पनि एकताका लागि पहल र छलफल गर्ने उल्लेख गर्दै महासचिव कार्कीले भने, ‘अहिले नै तत्कालै नेकपा एससँग एकता गर्ने कुनै निर्णय भएन ।’

वैचारिक रूपले सबैभन्दा नजिकको दल भनेको नेकपा एमालेको एमालेको २१–२३ को बैठकले विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका नेताकार्यकर्तालाई पार्टीमै फर्किन आह्वान गरेपछि गौतमले एससँगको एकता प्रक्रिया लम्ब्याएका हुन् । उनी अझै पनि एमालेमै फर्किन चाहेको निकटस्रोतको दाबी छ ।

नेकपा एससँग एकताको निर्णय लिन बसेको बैठकमा संयोजक गौतमले अध्यक्ष माधवकुमार नेपालले मन खोलेर स्वागत गर्न र उपयुक्त जिम्मेवारी दिन हिच्किचाएको ब्रिफिङ गरेका थिए । गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेताका रूपमा पार्टीमा स्वागत गरेर नेकपा एसले पूर्वएमाले वृत्तमा नयाँ सन्देश प्रवाह गर्न चाहेको छ । तर, नेता गौतम संगठन विभाग आफूले पाउनुपर्ने अडानमा छन् । जुन जिम्मेवारी दिन अध्यक्ष नेपाल तयार छैनन् । पार्टी महासचिवले लिँदै आएको संगठन विभाग प्रमुखको जिम्मेवारी घनश्याम भुसाल महासचिव बनेदेखि अरुले नै लिँदै आएका छन् । कुनैबेला कुशल संगठनको परिचय बनाएका गौतमलाई त्यो जिम्मेवारी दिँदा पार्टीमा असन्तुष्टि बढ्ने र पूर्वमाले समूह एकठाउँ उभिने जोखिम देखेपछि अध्यक्ष नेपाल तयार नभएका हुन् ।

एकताका लागि वार्ताको जिम्मेवारी पाएका नेकपा एसका स्थायी कमिटी सदस्य बलराम बास्कोटा भने दुई पक्षबीच वार्ता भइ राजनीतिक, वैचारिकलगायतका विषय टुंग्याइसकेको स्थितिमा आफूहरू अभियानको निर्णय पर्खेर बसेको बताउँछन् ।

उनका अनुसार, गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेता बनाउन नेकपा एस तयार छ । तर, जबजलाई मार्गदर्शक सिद्धान्त स्वीकार्न भने अस्वीकार गरेको छ । ‘विचार भने १० औँ महाधिवेशनले पारित गरेको नै स्वीकार्नुपर्छ’ बास्कोटा भन्छन्, ‘तर, वामदेव कमरेडले आफूआबद्ध कमिटीमा आफ्नो भिन्न विचार राख्न पाउनुहुन्छ । तल महाधिवेशनले पारित विचार कार्यान्वयन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै