2026-07-05 08:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए

वीरगन्ज | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा नेकपा (एकीकृत समाजवादी) को आफ्नो छुट्टै पहिचान स्थापित भइसकेको बताएका छन्।

वीरगन्जमा आइतबार आयोजित एकीकृत समाजवादी पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘नेकपा (एकीकृत समाजवादी) नेपालको राजनीतिमा स्थापित दल भइसकेको छ। यो पार्टीको आफ्नो एउटा पहिचान छ। यो पार्टी शानका साथ नेपालको राजनीतिमा उभिएको छ। यो पार्टीको आफ्नै इज्जत ,मान र सम्मान छ।’

उनले नेपाल राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति आफनो उच्च सम्मान रहेको बताउँदै राज्यले पनि सम्मान गर्नुपर्नेमा जोड दिए। उनले भने,‘देशको हितमा काम गरेकाहरुलाई राज्य र दलहरुले संकीर्ण सोच त्यागेर सम्मान गर्न सक्नुपर्छ, गर्नुपर्छ पनि।’

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘माधव नेपालको अनुहारपनि हेर्न मन लाग्दैन भन्ने व्यक्ति नै सत्ता र कुर्सी चाहिएका बेला भने दौडेर म कहाँ आउनुपर्‍यो।’ तर आफूले कोहीप्रति घृणाको भाव नराखेको उनले सुनाए। नेपालले भने,‘जस्तो बीउ रोप्यो फलपनि त्यस्तै फल्छ। जसले घृणाको बीउ रोप्छ फलमा पनि घृणा नै पाउँछ।’

दुई ठूला शक्ति राष्ट्र चीन र भारतको बीचमा रहेको नेपाल क्षेत्रफल सानो भएपनि नेपालको आफ्नो छुट्टै इज्जत,प्रतिष्ठा र स्वाभिमान रहेको धारणा उनले राखे।
हरेक राजनीतिक दलले नेपाल र नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिँदै उनले अमेरिका,रुस,चीन,भारत लगायतका देशका सरकार प्रमुखसँग नेपालको हित र प्रतिष्ठा बढाउनका लागि आफूले संवाद र छलफल गरेको उनले सुनाए।

जनताको विश्वास र समर्थन प्राप्त गरेमात्रै पार्टी बलियो हुने भन्दै उनले जनताको विश्वास र समर्थन पाउनका लागि कार्यकर्ताले मेहनत गर्न आवश्यक भएको बताए। उनले भने,‘जुन दलका नेता कार्यकर्ता जनताको माझमा गएर उनीहरूका पिडा, बेदना र समस्या सुन्छन्। ती दललाई नै जनताको समर्थन र साथ प्राप्त हुन्छ। यसका लागि जनताको माझमा जान म नेता कार्यकर्ताहरुलाई आग्रह गर्छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै