२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आज पाँच संसदीय समितिको बैठक बस्दै

२०८१, २९ पुष सोमबार ०९:१३

काठमाडौं । आज पाचँ वटा समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत न्याय तथा मानव समितिको बैठक पनि आज बस्ने भएको छ ।  बिहान १०:३० बजे बस्ने बैठकमा नेपाली ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ ।

यस्तै, संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ |
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुनेछ ।

यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा बैठकमा छलफल हुनेछ भने परराष्ट्र मन्त्रालयको आ।ब २०८१÷८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ । यो बैठक बिहान ११ बजे बस्दैछ ।

आजै विधायन व्यवस्थापन समितिको ३४ औँ बैठक पनि बस्दैछ । बैठक अपरान्ह् १२:३० बजे बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५४ औँ बैठक आज बस्दैछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुँदैछ । दिनको १ बजे बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्री र सचिवलाई आमन्त्रित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह