११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप एक मन्त्रालय दिन प्रधानमन्त्रीले मागे जनमतसँग आइतबारसम्मको समय

६ माघ २०७९, शुक्रबार ०७:४५

माघ ६, काठमाडौँ | सरकारसँग असन्तुष्ट रहेको सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रधानमन्त्री प्रचण्डले आइतबारसम्मको समय मागेका छन् ।  उद्योग मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट छ । 

सुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् । 


जनमत पार्टीले थप एउटा मन्त्रालय दिएमात्र खानपानी मन्त्रालय स्वीकार गर्न सकिने सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । जनमतको सन्देशपछि प्रधानमन्त्री प्रचण्डले आफूसँग रहेको वन तथा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमध्ये एउटा जनमतलाई दिने परिस्थिति बन्न सक्ने आश्वासन दिएका छन् । हिजो साँझ पनि जनमतका अध्यक्ष डा. सिके राउत र प्रधानमन्त्री प्रचण्डको बीचमा मन्त्रालयको विषयमा छलफल भएको थियो । 

सो छलफलमा प्रधानमन्त्री प्रचण्डले आइतवारसम्मको लागि समय माग गरेका छन् । सरकारमा ल्याउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीको बीचमा कुराकानी भइरहेको र ती पार्टी सरकारमा सहभागी नभए थप एक मन्त्रालय दिने आश्वासन दिएको सो पार्टीका एक नेताले बताए ।

जनमत पार्टीको पहिलो चाहना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै भएको भन्दै ती नेताले सो मन्त्रालय पाए अर्को मन्त्रालय नचाहिने बताए ।  तर, खानेपानी मन्त्रालय मात्र भयो भने एउटा थप मन्त्रालयको चाहिने उनको भनाइ छ । खानेपानी मन्त्रालय मात्रै पाउने परिस्थिति बनेमा भने सरकारबाट बाहिरिने मनस्थितिमा जनमत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह