2026-09-30 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री

काठमाडौँ | नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने र अनि मात्र सुन्ने प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाइन्। सरकारले पहिले कुरा सुन्ने र आवश्यक परेमा मात्र थुन्ने प्रक्रिया अपनाउनुपर्ने उनको सुझाव छ।

सांसद झाँक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई नयाँपन नभएको र पुरानै कार्यक्रमहरूको निरन्तरता भएको टिप्पणी गरेकी छन्। उनले जनताले दिएको ठुलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको बताइन्। नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भनिन्, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो। यसमा बुँदा घटाइएको छ। पुरानै कार्यक्रमहरू दोहोर्‍याएर खाँदेर लेखिएको छ। त्यसकारण यसमा कुनै कमेन्ट गरिरहनुपरेन। यति ठुलो जनमत पाएर आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका चाँही थियो, तर हरेक पटक नेपाली जनताको परिवर्तन र रूपान्तरणको चाहना परम्परागत कुराबाट कुण्ठित हुने कुरा देखिने भयो।’

सरकारले सुशासन र डेलिभरीमा जोड दिएको दाबी गरे पनि नागरिकता, राहदानी र जग्गाधनी पुर्जा बाँड्नु मात्रै वास्तविक डेलिभरी नहुने उनको तर्क छ। निजी क्षेत्रलाई हतोत्साहित पार्दा मुलुकले नयाँ बाटो लिन नसक्ने उल्लेख गर्दै उनले सबै वर्ग र समुदायको मानव अधिकार र मौलिक हकको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरिन्।

सरकारले भयको वातावरण सिर्जना गरेर कहाँ पुग्न खोजेको हो भन्ने समेत प्रष्ट नभएको उनले दाबी गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री