असोज ३, दक्षिण कोरिया । दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

इपीएसमार्फत रोजगारीका लागि कोरिया पुगेका ३४ वर्षीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, दक्षिण कोरिया । दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

इपीएसमार्फत रोजगारीका लागि कोरिया पुगेका ३४ वर्षीय"/>

2026-09-03 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपाली सुतेको सुतेई भए

असोज ३, दक्षिण कोरिया । दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

इपीएसमार्फत रोजगारीका लागि कोरिया पुगेका ३४ वर्षीय दुधराम लिम्बुको मृत्यु भएको हो । तेह्रथुम जिल्ला घर भएका दुधरामको गएराती काम गर्ने ख्यंगी प्रान्तको किम्फो ओल्गोतस्थित फोह्यान मेटल कम्पनीको होस्टेलमा मृत्यु भएको किम्फो प्रहरीले जानकारी दिएको छ ।

राम्रैसँग खानपिन गरेर सुतेका दुधरामले राती करिब तीन बजेतिर अनौठो तरिकाले शरिर चलाएको उनका रुम पार्टनर रोशन शाहीले बताए । के भयो भनेर उठाउन खोज्दा नउठेपछि उनले अर्को रुममा बस्ने विदेशी साथीलाई खबर गरेर अस्पताल पुर्याइएको उनले जानकारी दिए ।

लिम्बु गत जुलाई ३ तारिखमा कोरिया प्रवेश गरेका थिए । उनको अहिलेसम्म पनि परिचय पत्र (एलेन कार्ड) समेत नबनेको बताइएको छ । जाँडरक्सीलगायत धुम्रपान र मध्यपानबाट टाढा रहेका लिम्बु विवाहित हुन् । उनकी एक १० वर्षीया छोरीसमेत रहेको बुझिएको छ ।

उनका बारे नेपालको विस्तृत ठेगाना पत्ता लगाउने प्रयास भइरहेको छ । उनको शव किम्फोको थोन्जीन अस्पतालमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे