२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको संविधान दिवसः मञ्चमा बसे दर्शक दिर्घा रित्तै

३ आश्विन २०७३, सोमबार १०:१४


प्रेम सुनार/असोज ३, गुल्मी ।  सदरमुकाम तम्घास वजारको प्रभातफेरी कार्यक्रमबाट फर्के पछि  वालमन्दिर प्राङ्गणको सभाहलमा  को कहाँ बस्ने भन्नेबारे अल्लमल्ल थियो । 

कार्यालय प्रमुखहरु मञ्चमा बस्ने हो भने उता  दर्शक दिर्घा खाली हुने देखेपछि मुल समारोह समितिको ईज्जत धानी दिनका लागि जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल दर्शक दिर्घामा गएर बसे ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थी सहित अन्य सरकारी कार्यालयका प्रमुखहरु  पनि दर्शक दिर्घामैं गएर बसे ।  न मञ्चमा न दर्शक दिर्घमा एक जना पनि सर्वसाधरण  थिएनन् । थिए त सवै कर्मचारीहरु मात्रै ।

शुभकामना मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले यहाँका राजनैतिक दलहरुलाई  राम्ररी प्रहार गर्ने ठुलो मौका पाए । उनले –‘ अस्ती मुल समारोह समित गठन गर्ने वेलामा प्रत्येक राजनैतिक दलहरुले  कम्तीमा पनि दश–दश जना कार्यकर्ता आजको कार्यक्रममा ल्याउने प्रतिबद्धता  जाहेर गरिएको  थियो , तर खै आज ? जावो दश जना कार्यकर्ता पनि ल्याउन नसक्नेहरु के को राजनैतिक दल ? भनेर लोप्पा खुवाए ।

तर त्यस कार्यक्रममा एउटा मात्र दल नेकपा माओवादी केन्द्रले भने आजको कार्यक्रममा वाजी मारेको रहेछ । उसले आफ्नो विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका त्यस्तै १५ जनाको हाराहारीमा कार्यकर्ता त्यहाँ  सहभागी गराएको  रहेछ ।


महासंघका अध्यक्ष भुसालले प्रहार गरी सके पछि दर्शक दिर्घामा बसेका माओवादी केन्द्रका नेता युवराज केसीले जुरुक्क  उठेर भुसालको  प्रहार आफ्नो पार्टीका लागि  लागु नहुने बताउँदै एकै  ठाउँमा जम्मा भएका आफ्ना  कार्यकर्तालाई देखाएनन् मात्र गायक महेन्द्र भण्डारीले गाउँदै गरेको गीतमा नाच्न समेत लगाए ।  

कांग्रेस , एमालले लगायतका अरु दलहरुले कार्यकर्ता नल्याएको र आफुहरु मात्रै आएको भन्दै  क्रान्तिकारीकाकेन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज घनश्याम खरेल, केन्द्रिय सदस्य समेत रहेका जिल्ला संयोजक भरत चन्द र अर्का केन्द्रिय सदस्य दधिराम खनाल लगायतका विद्यार्थीहरुले नाक ठाडो पार्दै संगठनको व्यानर खोलेर तस्वीर खिचाए ।

मन्तव्यका क्रममा नेपाली कांग्रेसबाट प्रतिनिधित्व  गरिरहेका  सो पार्टीका पुर्व सचिव छन्द पहराईले यो टिठ लाग्दो र रुन्चे कार्यक्रममा कांग्रेसले कार्यकर्ताहरुको यहाँ वाक्लो उपस्थिती गराउनु पर्दथ्यो तर आज सकेन् । नसक्नुको कारण देखाउँदै भने –‘आज हाम्रा जिल्ला सदस्य अनन्तराम पौड्लजीकी माताको निधन भएको हुँदा अन्त्यष्टीका लागि सवै नेता कार्यकर्ताहरु रिडी जानु भएकोले यहाँ कार्यकर्ता हामीले ल्याउन नसकेका हौं ।’

कार्यक्रमका प्रमुख अतिथी जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले पनि एक जना पनि सर्वसाधरण संविधान दिवसमा सहभागी नहुनुले  जारी संविधान उनिहरुले महशुस नगरी सकेको हुन सक्ने धारणा राखे । उने त्यसो भनिरहँदा धन्न कताबाट सडकमा खेल्ने धुलै फुर्सै भएका स–साना वालवालिकाहरु आएर ट्वाल्लल परेर  हेरिरहेका थिए । 


उनिहरुलाई खाची कुर्चीमा बस्न  पाए पछि  तस्वीर खिचाउन मन लागे छ र यसै समाचारदातालाई अंकल हाम्रो फोटो खिच्दीनु न भनेर भने । उनिहरुले विभिन्न पोजमा फोटो खिचाए । भित्र सुकिला मुकिला कर्मचारीहरुले संविधान दिवस मनाई रहँदा वाहिर मजदुरहरु भित्रको कार्यक्रममा एक नजर पनि नलगाई काम तिर  दौडिदै थिए ।  

विकासे कार्यक्रम बाँडफाँडका बैठक , खामवाला कार्यक्रम र सभा–गोष्ठीहरुमा जिल्लामा एक जना मात्रै भए पनि दलको हौवा दिदै  सहभागी हुने  कतिपय राजनैतिक दलहरु र धेरै जसो पत्रकारहरु पनि उपस्थित थिएनन् । 

हिरो बने कांग्रेस नेता पहराई

चर्को घाम खाँदै विहान देखि  दर्शक दिर्घमा बसेका कर्मचारीहरु भोकले आत्तिएको देखिन्थ्यो । उनिहरुको कस्टकर वसाईलाई नबुझेर दलका नेताहरु बोल्ने कहिल्लै प्लेटफम नपाए जस्तो गरी पट्यार लाग्दो लामो भाषण गर्न थाले   ।

पछाडी कर्मचारीहरुले नाक खुम्चाउँदै गिल्ली गर्न थाल्दै –‘अव जुन चाँही नेताले छोटो भाषण गर्छ त्यही हिरो बन्छ भनेर प्रतिकृया दिए । भाषणको पालो आयो कांग्रेस नेता छन्दपहराईको । उनले भाषण त लामै गरेका थिए ।

तर उनका प्रत्येक पंक्तीमा तालि खाने र घत लाग्दा भाषण गरे ।  सुनिरहँ जस्ता उनका भाषण  पुर्णतः व्यवहारिक थियो ।  अन्ततः तिनै कर्मचारीहरुले पहराईलाई हिरो घोषणा गरे ।

जिल्ला न्यायधिश र प्र.जि.अ.को दोहरी

विशेष अतिथीको आशनबाट वोल्दै गरेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले  अहिलेको संविधान नागरिक सवोच्चता  नभएर न्यायिक सर्वोचता भएको धारणा राखे । उनले भने–‘ माफ गर्नु होला, हुन त माननिय  जिल्ला न्यायधिश ज्युलाई अन्यथा लाग्ला, मलाई लाग्छ अहिलेको संविधानले यो देशको प्रधानमन्त्रीलाई समेत पुरै अधिकार दिएको छैन् ।  सर्वोच्च अदालत नै सर्वेसर्वा देखिन्छ, यसर्थ यो संविधानले नागरिकलाई सर्वेसर्वा नठानेर न्यायिक क्षेत्रलाई नै सवेसर्वा ठानेको  मैले पाएको छु ।

प्रमुख अतिथीको आशनबाट बोल्दै जिल्ला न्यायधिश मरासीनीले पनि घुमाउँरो पारामा प्र.जि.अ.लाई जफाव दिए । उनले भने –‘ हुन त यहाँ न्यायिक क्षेत्रलाई नै अहिलेको संविधानले सर्वेसर्वा मानेको कुरा उठ्यो, हुन त हो, न्यायिक क्षेत्र नै सर्वेसर्वा भएको सत्य हो, तर न्यायिक क्षेत्र सर्वेसर्वा हुनु भनेको जनता सर्वेसर्वा हुनु हो ।


न्यायिक क्षेत्रले उनिहरुको मानव अधिकार र अन्य सवै खाले अधिकार सुरक्षित गर्छ र अन्याय परेकाहरुलाई न्याय दिलाउ छ । ’ उनले अहिलेको संविधानले न्यायिक क्षेत्रलाई स्वतन्त्र बनाएको दावि गरे ।  प्र.जि.अ. को धारण कार्यपालिका सर्वेसर्वा हुनु पर्ने  र जिल्ला न्यायधिशको धारणा न्यायपालिका हुनु पर्ने रहेकोले उनिहरु दुई विचको भाषणलाई दोहरीका रुपमा खानेखुशी गर्दै दिए दर्शक दिर्घमा बसेकाहरु ।

लामो भाषणले वाक्क भएको दर्शकहरुलाई लोक तथा दोहरी गीत प्रतिष्ठानका कलाकाहरु तुल्सीङ्ग रनपछाई , महेन्द्र भण्डारीले थोरै भए पनि मनोरञ्जन दिए ।  सरस्वती माध्यामिक विद्यालय  पल्लीकोट भेडुवाकी विद्यार्थी प्रतिभा रायमझीले उत्कृष्ट नृत्य पस्केर दर्शकको तालि वुटुलीन् ।

त्रिवसिय संविधान दिवसका अवसरमा सरसफाई कार्यक्रम मैत्रीपुर्ण फुटवल खेल  प्रतियोगिता  र दिपावली लगायतका कार्यक्रम गरिएको मुल समारोह समितिका  अध्यक्ष स्थानिय विकास अधिकारी डिलाराम पन्थीले जानकारी दिए ।  मैत्रीपुर्ण फुुटवल खेल प्रतियोगितामा कर्मचारीहरु दोश्रो र प्रथम राजनैतिक दलहरु भएका रहेछन् । उनिहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।

स्थानिय विकास अधिकारी पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  निजामती कर्मचारीहरुको आधिकारिक टे«डयुनियनका अन्यक्ष जयश्वर पन्थीको स्वागत मन्तव्य र जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमको  सञ्चालन रहेको थियो ।

तस्वीर आफै बोल्छ: संयोक नै मान्नु पर्छ  संविधान दिवसका दिन मञ्चमा आशिन नेताहरु र सरकारी हाकिमहरुलाई ताक्दै कराँतेको काँटा प्रदर्शन गरेर तस्वीर खिचाउँदै वालवालिकाहरु र  कर्मचारी नै कमचारीले भरिएको दर्शक दिर्घा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ