१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आत्मदाहको केही घण्टाअघि प्रेम आचार्यले रवीन्द्र मिश्रलाई भनेका थिए, ‘आमरण अनशन बस्ने योजनामा छु’

१२ माघ २०७९, बिहीबार १०:२१

माघ १२, काठमाडौँ । आत्मदाह गर्नुभन्दा केही घण्टाअघि प्रेमप्रसाद आचार्यले आफूलाई आमरण अनशन बस्ने योजनामा रहेको सन्देश पठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्। 

नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार दिउँसो पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका आचार्यलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन। त्यसअघि फेसबुकमा लामो स्टाटस लेखेका आचार्यले आफूलाई पनि सन्देश पठाएको जानकारी राप्रपा उपाध्यक्ष मिश्रले बिहीबार दिएका हुन्। 


‘म आमरण अनशन बस्ने योजनामा छु’– प्रेमजी, तपाईंले अस्ति बिहान मलाई पठाएको सन्देश हो यो’, उपाध्यक्ष मिश्रले बिहीबार फेसबुकमा लेखेका छन्, ‘तर त्यसको केही घण्टाभित्रै दिउँसोसम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ।’

मिश्रले अगाडि भनेका छन्, ‘तपाईंले आत्मदाहपूर्वको पत्रमा उल्लेख गर्नुभएझैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कैयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।’

यस क्रममा उपाध्यक्ष मिश्रले नेपाली समाज इतिहासमै सबैभन्दा बढी ‘पतीत’ भएको दाबी पनि गरेका छन्। 

‘विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरिबीबाट ग्रस्त थियो तर यो तहको ‘पतीतता’ बाट ग्रस्त थिएन’, मिश्रले लेखेका छन्, ‘त्यस्तो ‘पतितता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।’

आचार्यले ऋण तिर्न श्रीमतीलाई सहयोग गरिदिन गरेको अपिलमा आफूले पनि ‘सानो सहयोग’ गर्ने निर्णय गरेको मिश्रले बताएका छन्। साथै उनले देशभित्र र बाहिर रहेका सबै मनकारी नेपालीहरूलाई सहयोगका लागि अनुरोध पनि गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो