प्रेम सुनार/असोज ३, गुल्मी । गुल्मीका दुई शिक्षक संगठन विच  एकता  गरिएको छ ।   

एकिकृत अखिल नेपाल शिक्षक संगठन र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/असोज ३, गुल्मी । गुल्मीका दुई शिक्षक संगठन विच  एकता  गरिएको छ ।   

एकिकृत अखिल नेपाल शिक्षक संगठन र "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका दुई शिक्षक संगठनविच एकता

३ आश्विन २०७३, सोमबार १३:१२


प्रेम सुनार/असोज ३, गुल्मी । गुल्मीका दुई शिक्षक संगठन विच  एकता  गरिएको छ ।   

एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन विच आज सदरमुकाम तम्घासमा भएको भेलामा  एकता  भएको हो । विगतमा  एकिकृत नेकपा माओवादीबाट मोहन बैद्य सवै फुटेर अलग भएका उनि निकट शिक्षकहरु पार्टी एकता पछि पुनः उनिहरु पनि एकता गरेका हुन् ।   

एकता भेलालाई सम्वोधन गर्दै  एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष भोला सापकोटाले दुई पटक सम्म शिक्षा मन्त्री भएका माओवादी नेताहरुले शिक्षकहरुको तलव बृद्धि लगायतका सेवा सुविधा बढाएको जिकिर  गर्दै आफ्नो संगठनमा शिक्षकहरु लमबद्ध हुन् अपिल गरेका थिए ।

 कार्यक्रममा  नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य तथा शिक्षक संगठनका ५ नम्वर प्रदेश ईञ्चार्ज  हकि हुसैन झ अर्का पोलिटव्युरो सदस्य दिनेश पन्थी, गुल्मी जिल्ला संयोजक दिनेश पन्थी, सम्मेलन आयोजक समिति सदस्यहरु क्रमशः  युवराज केसी,  अर्जुन बुढा मगर, भुपाल पोखरेल,  शैक्षिक गणतान्त्रिक मञ्चका जिल्ला अध्यक्ष खुमबहादुर थापा , प्रेस सेन्टरका केन्द्रिय प्रतिनिधी प्रेम सुनार लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 एकता भेलाले निवर्तमान अध्यक्ष  डेलराज खनाललाई नै पुनः अध्यक्ष पदमा चयन गरेको छ ।   सो संगठनको ईन्चार्जमा भने एकता प्रकृयाबाट आएका रामकृष्ण कँडेललाई चयन भएका छन् ।  उपाध्यक्षहरु क्रमशः राजु गौतम , छविलाल भण्डारी, कृष्ण पाण्डे, ईन्द्र्रबहादुर बिक., प्रभा शर्मालाई चयन गरिएको छ ।  सचिवमा प्रेम चन्द र कोषाध्यक्षमा गोकर्ण शर्मा चयन भएका छन् । सह–सचिवमा क्रमशः गुणदेव सिंजाली, यमबहादुर थापा मगर , ऋषिराम पाण्डे , रमेश पुरी र वावुराम खत्रीलाई चयन गरिएको छ ।  कुल ६५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको र ४ महिना भित्र सम्मेलन गर्ने उपाध्यक्ष राजु गौतमले जानकारी दिए ।

  त्यस्तै दर्लिङ्गका शिक्षक तेजबहादुर सोनारको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकारहरुमा मुक्तबहादुर गौतम, लक्ष्मी खनाल लगायत रहेको र अन्य सदस्य थप गर्न बाँकी रहेको बताईएको छ ।   अध्यक्ष डेलराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजु गौतमको स्वागत मन्तव्य र  जिल्ला ईञ्चार्ज रामकृष्ण कँडेलको सञ्चालन रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ