असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

४ आश्विन २०७३, मंगलवार ०२:३०

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि प्रयोगकर्तालाई तनाब दिने खालको छ । 

अमेरिकी मोवाइल उत्पादन कम्पनी एप्पलले हालै सार्वजनिक गरेको आइफोन सेभेन र सेभेन प्लसमा अनौठो समस्या देखिएको बिभिन्न समाचार एजेन्सीहरुले समाचार लेखेका छन् ।

सेभेन र सेभेन प्लसमा खरिद गरेका केहि उपभोक्ताले बताए अनुसार नयाँ फोनबाट अनौठो आवाज आउने गरेको छ, जुन सर्पको आवाजजस्तो सुनिन्छ । रिपोर्टका अनुसार यो आवाज एप्पलको ए १० फ्युजन प्रोसेसरकै हुनसक्छ ।

समाचारहरुका अनुसार स्टेफन हैकेट नामका एकजना ब्लगरले आइफोन सेभेनमा यो अनौठो आवाज नोट गरेका थिए । उनले ट्वीटरमा यसको भिडियो लिंक पोष्ट गर्दै लेखेका छन्, ‘मेरो आइफोन सेभेनमा बढी लोड हुँदा निक्कै खराव आवाज उत्पादन भइरहेको छ ।’

एप्पलका पूर्व पिआर तथा अहिले टेकचर्चका लेखक ड्यारल इरिङटनले पनि यो समस्याबारे बोलेका छन् । उनले एक ट्वीटमा भने, ‘भर्खरै बक्सबाट निकालिएको ब्राण्ड न्यु डिभाइसले पनि यस्तै आवाज निकालिरहेको छ ।’ एप्पलले यसबारेमा अझै आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । तर स्टेफन हैकटले भनेका छन् कि एप्पल केयरमा उनले यसबारे कुरा गर्दा उनलाई नयाँ डिभाइस रिप्लेस गर्ने सल्लाह दिइयो ।

वर्ज अनलाइनका अनुसार हिसिङ आवाज वास्तवमा नोइज हो, जुन प्रोसेसरबाट पैदा हुन्छ । रिपोर्टका अनुसार केहि प्रयोगकर्तामा यो समस्या देखिएको छ र आइफोनको पहिलो उत्पादनमा केहि गडबढी भएको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने