४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माछालाई हानेको जालमा महिलाको शव परेपछि…

२७ माघ २०७९, शुक्रबार १०:४८

माघ २७, मोरङ | मोरङको रंगेली नगरपालिका–२ मा रहेको एउटा पोखरीमा शुक्रबार महिलाको शव फेला परेको छ। 

दुर्गा कार्कीको माछा पोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार माछा मार्नेहरुले पोखरीमा हानेको जालमा अड्किएर शव आएको थियो। 

‘माछालाई हानेको जालमा महिलाको शव परेपछि माछा मार्नेहरुले प्रहरीलाई खबर गरेका हुन्,’ पोखरेलले भने, ‘घटनास्थल पुगेर प्रहरीले शव बाहिर निकालेको हो।’

पोखरेल आफैँ घटनास्थलमा पुगेर घटनाको अनुसन्धान अघि बढाएका छन्। उनका अनुसार रातो स्वीटर र म्याक्सी लगाएको अवस्थामा शव भेटिएकी अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन। 

‘घटनास्थलमा भेला भएका र वरपरका मानिसहरुले मृतकलाई चिनेनन्,’ उनले भने, ‘अनुसन्धान अघि बढाएर शव पहिचानको प्रयास भइरहेको छ।’

शवको प्रकृति हेर्दा १–२ दिनअघि घटना भएजस्तो देखिने पोखरेलले बताए। प्रारम्भिक हिसाबले घटना शंकास्पद नदेखिए पनि पोखरीभित्र कसरी महिलाको शव भेटियो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ। 

शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ