2026-06-20 03:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धारा छ पानी छैन !

माघ २९, डडेल्धुरा | डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो ।

अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो । यहाँ दुई सय ५० घरधुरी छन् । 

यहाँ वि।सं २०४२ सालमा खानेपानी योजना पुगेको थियो । चार वर्ष अगाडि पनि खानेपानीका लागि घरघरमा धारा निर्माण भएका थिए । तर पुराना योजना जीर्ण हँुदै जानु र नयाँ योजना बजेट अभावका कारण सम्पन्न नहुँदा पानीको अभाव भएको वडा नं ६ का वडाध्यक्ष केवी ताम्राकारले बताउनुभयो । “अहिले गाउँमा नयाँ धारा छन् तर पानी आउँदैन”, अध्यक्ष ताम्राकारले भन्नुभयो ।

गाउँमा नयाँ धारा बने पनि पानी नआएपछि धारा जीर्ण बनेका स्थानीय बताउछन् । २०७६ सालमा पनि अमरगढी नगरपालिकाले रू पाँच लाखको लागतमा १० वटा धारा बनाएको थियो । 

छ किलोमिटर टाढाबाट पानीको पाइप विच््याई गाउँमा पानी पु¥याइए पनि मुहान टाढा भएकाले स्थानीयवासीले ठाउँठाउँमा पाइप काट्दा नियमित पानी वितरणमा समस्या देखिएको वडाध्यक्ष ताम्राकारको भनाइ थियो ।

पूर्व वडाध्यक्ष गोविन्दराज भट्टले २०४८ सालमा निर्माण गरिएको खानेपानीको लाइन ट्याङ्की मर्मत गरी पानी सञ्चालन गरिएको जानकारी दिनुभयो । “स्थानीयवासीले आफूलाई पायक पर्ने ठाउँमा पाइप काट्ने गरेको र लाइनको मर्मत नहुँदा धारामा निरन्तर पानी सञ्चालन हुन नसकेको हो”, उहाँले भन्नुभयो ।

दुमडा, सिमल, भोजनेउटा गाउँ हुँदै पानीको पाइप लाइन छचोडा गाउँ पु¥याइएको छ । उहाँले भन्नुभयो, “कहिले दुमडा, कहिले, सिमल र कहिले भजनेउटा गाउँवासीले पाइपलाईन काटिदिँदा नियमित पानी वितरणमा समस्या भएको हो ।” खानेपानीको व्यवस्थापनका लागि आवश्यक बजेटको माग गरे पनि हालसम्म व्यवस्था हुन नसकेको अध्यक्ष ताम्राकारले बताउनुभयो । 

स्थानीयवासी न्वला तथा अन्य खोलाको फोहरपानी प्रयोग गर्न बाध्य छन् । सरकारी कार्याललयहरुका लागि दैनिक ट्याङ्कर पानी ढुवानी गरिन्छ । न्वला खोलामा पनि पर्याप्त पानी नहुँदा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । 

खेलामा पर्याप्त पानी नहुँदा परिवारको एकजनाको काम दिनभर पानी भर्न ठिक्क हुने स्थानीय जयन्ती ताम्राकारले बताउनुभयो । खानलाई धौधौ गरी पानी पुगाए पनि लत्ताकपडा धुन, सरसफाइ गर्न समस्या हुने गरेको उहाँको भनाइ छ । “चुनावका बेला खानेपानीको व्यवस्था गर्ने, घरघरमै धारा बनाउने आश्वासन नेताहरुले दिए पनि चुनाव सकिएपछि समस्या समाधान भएको छैन”, स्थानीय ताम्राकारले गुनासो गर्नुभयो ।

गर्मीयाम बढ्दै गर्दा दूषित पानीका कारण रोगको सङ्क्रमण बढ्ने खतरा छ । छचोडासगैंँ, अमरगढीका लटाउली, खन्मडा, मालम, हाट, तिलाडीलगायत नवदुर्गा गाउपालिकाका केही गाउँ र अजयमेरुका केही बस्तीमासमेत पानी अभाव हुने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ