२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालाजुमा प्रहरीको गाडी जलाएको आरोपमा पानी बेच्ने महिलासहित थप दुईजना पक्राउ

२०७९, ४ फाल्गुन बिहीबार ०६:१२

फागुन ४, काठमाडौँ | बालाजुको माछापोखरीमा भएको प्रदर्शनमा प्रहरीको गाडी जलाएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । बुधवार साँझ पक्राउ पर्नेमा धर्मस्थली बस्दै आएकी सङ्गीता परियार र नुवाकोटका रन्जित कुमार तामाङ छन् ।


धर्मस्थली बस्ने सङ्गीता परियार माछापोखरीमा पानी बेच्छिन् । पानी बेच्दै गर्दा प्रदर्शन सुरु भएपछि प्रर्शनकारीहरुसँगै मिलेर उनले प्रहरीको गाडी जनाएको अनुसन्धानबाट थाहा भएको छ । गाडी जलाएको आरोपमा पक्राउ परेका रञ्जित कुमार तामाङ चाहिँ सवारी चालक हुन् । 

प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

गाडी जलाएको र ट्राफिक आइल्याण्ड तोडफोड गरेको आरोपमा प्रहरीले बुधवार ६ जनालाई सार्वजनिक गरेको थियो । आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा उदयपुर घर भएका ४० वर्षीय विक्रम राई, नुवाकोटका ३० वर्षीय रामहरि भण्डारी, लमजुङ घर भएका २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, प्युठान घर भएका १८ वर्षीय दीपेन्द्र पुन मगर र काभ्रेका  २० वर्षीय आशिष् खड्का छन् ।

उनीहरू विरुद्ध मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २६ को दफा–२८५ अनुसार आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल