४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निकुञ्जलाई शुक्लाफाँटामा डढेलो नियन्त्रण तालिम

६ फाल्गुन २०७९, शनिबार ११:५१

फागुन ६, महेन्द्रनगर | कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित तीन निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण कार्यमा अग्रपंक्तिमा खटिने कर्मचारीका लागि चार दिने तालिम सञ्चालन गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले तीन राष्ट्रिय निकुञ्ज र यहाँस्थित निकुञ्ज सुरक्षार्थ खटिएको रुद्रध्वज गणको सैनिक टोलीलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।

तालिममा ३५ जनाको सहभागिता रहेको र उक्त प्रशिक्षार्थी टोलीलाई निकुञ्जभित्रको फाँट डढेलो नियन्त्रणको अभ्यास समेत गराइँदैछ ।  यसअघि पनि विभिन्न सरोकारवाला निकायबाट यसप्रकारका तालिम गरिँदै आएका छन् ।” उहाँले भन्नुभयो–“तीन निकुञ्जका कर्मचारीलाई चार दिनको तालिम यहाँ पहिलो पटक गरिएको हो ।”

तालिममा सैनिक टोलीसँगै निकुञ्जका सिनियर गेमस्काउटलगायत सहभागी छन् । गर्मीयाम सुरु भएसँगै यहाँका निकुञ्ज तथा सामुदायिक वनमा डढेलो लाग्ने समस्या हुने हुँदा त्यसको न्युनीकरण र व्यवस्थापनका लागि तालिम प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हरेक गर्मीयाममा डढेलो लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ