२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राष्ट्रपति निर्वाचन : कांग्रेसको ढोक्सामा भारी मत, एमालेको अवस्था कस्तो ?

२०७९, १९ फाल्गुन शुक्रबार १२:०४

फागुन १९, काठमाडौँ | फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धन र विपक्षी एमाले राजनीतिक दलको कार्यालयमा पुगेर मत माग्न प्रतिस्पर्धा नै चलेको छ ।

राष्ट्रपतिमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल छन् । विपक्षी एमालेबाट उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पूर्वसभामुख रहेका दुवै उम्मेदवार संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग मत माग्न यतिबेला व्यस्त छन् ।

सत्ता गठबन्धनले पौडेललाई जिताउन सातै प्रदेशमा आफ्ना प्रतिनिधिहरू पठाएका छन् । एमालेले पनि सातै प्रदेशमा प्रदेश स्तरीय नेतामार्फत भोट मागीरहेका छन् । दुवै उम्मेदवारले राष्ट्रपतिमा आफूले जित्ने दाबी गरिरहेका छन् ।

यद्यपि संघ र प्रदेशको मतभार हेर्दा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार भारीमतले अगाडि देखिएका छन् । एमाले झण्डै आधा मतान्तरले पछि देखिएको छ ।

यस्तो छ संघ र प्रदेशमा मतभार

नेपालको संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ ।संघीय संसद(प्रतिनिधिसभा र राष्ट्रिय सभा)का एक जना सांसदको मत बराबर ७९ बराबर मतभार हुन्छ ।

प्रतिनिधि सभामा(प्रत्यक्ष निर्वाचित १६५ र ११० समानुपातिकबाट निर्वाचित)गरी २७५ जना सांसद छन् । तीमध्ये चितवन–२ बाट निर्वाचित रास्वपाका सांसद रवि लामिछाने र मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङ पदमुक्त भएकाले भोट हाल्न पाउँदैनन् ।

राष्ट्रिय सभामा ७ प्रदेशबाट निर्वाचित ८–८ जना र मनोनित ३ जना गरी ५९ जना सदस्य छन् । हाल संघीय संसदमा ३३२ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्न पाउँछन् । जसको कुल मतभार २६ हजार २२८ हुन्छ ।

जम्मा खसेको मतको बहुमत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने छ । निर्वाचत मण्डलका कुनै पनि सिट खाली नभएको अवस्थामा निर्वाचित हुन कम्तीमा २६ हजार ३९३ मत ल्याउनुपर्ने छ । तर प्रतिनिधिसभामा दुई सिट रिक्त रहेकाले निर्वाचित हुन कम्तीमा २६ हजार ३२५ मतभार ल्याउनुपर्ने छ ।

कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नगरे सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने छ र बहुमत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छ ।

यसैगरी प्रदेश सांसदले हालेको एक भोट ४८ बराबर मतभार हुन्छ । सातवटै प्रदेश सभामा ५५० सदस्य छन् । उनीहरूको जम्मा मतभार २६ हजार ४०० बराबर हुन्छ । यी दुई सदन(संघीय र प्रदेश सभा)को कुल मतभार जोड्दा ५२ हजार ६४८ हुन्छ ।

कसको कति मतभार ?

पुस १० मा बनेको एमाले–माओवादी समीकरण भत्किसकेको अवस्थामा राष्ट्रपतिमा एमालेको उम्मेदवार विजयी हुन असम्भव जस्तै देखिएको छ ।

सत्ता समीकरण बदलीएपछि एमालेलाई अहिलेसम्म राप्रपाले मात्र साथ दिने देखिन्छ । यद्यपि राजतन्त्रको वकालत गर्दै आएको राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । निर्वाचनको सम्बन्धमा रास्वपाले फागुन २५ मा मात्र निर्णय लिने नेताहरूले बताएका छन् ।

विकसित घटनाक्रम हेर्दा एमालेले रास्वपाको साथ पाउने सम्भावना निकै कम छ । यस्तो अवस्थामा एमालेका उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन धेरै पापड बेल्नुपर्ने हुन्छ । संसदीय अकंगिणत हेर्दा एमालेलाई त्यति सजिलो छैन ।

एमालेको मतभार

संघीय संसदमा एमालेको ७९, राप्रपाको १४ सांसद रहेका छन् । जसमा एमालेको ६ हजार २४१ र १ हजार १०६ गरी जम्मा ७ हजार ३४७ मतभार रहेको छ ।

यसैगरी राष्ट्रिय सभामा एमालेको निर्वाचित १५ र मनोनित एक गरी १६ जना सांसद छन् । यसको जम्मा मतभार १ हजार २६४ रहेको छ । राष्ट्रपतिबाट मानोनित सदस्य वामदेव गौतमको मत खुल्न सकेको छैन ।

यसैगरी सात प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी एमालेसँग १६१ सदस्य छन् । राप्रपाको २८ जना सदस्य छन् । यी दुवै दलको मतभार जोड्दा ९ हजार ७२ हुन्छ । त्यसैले संघ र प्रदेशको कुल मतभार जोड्दा एमालेको जम्मा १७ हजार ६८३ मत रहेको छ ।

सत्तापक्षको मतभार

सत्तापक्षमा प्रतिनिधिसभातर्फ कांग्रेसको ८८, माओवादी केन्द्रको ३२, जसपाको १२, नेकपा एसको १०, जपाको ६, लोसपाको ४, नाउपाको ३, राजमोको एक र स्वतन्त्र २ गरी १५८ सिट रहेको छ । जसको कुल मतभार १२ हजार ४८२ रहेको छ । सत्ता पक्षलाई नै समर्थन गरिरहेको रास्वपाले पौडेललाई मत दिए थप १ हजार ५०१ मतभार हुन्छ ।

त्यस्तै राष्ट्रिय सभामा कांग्रेसको १०, माओवादीको १५, एकीकृत समाजवादीको १०, जसपाको ३, लोसपाको १, राजमोको १ र मनोनित एक गरी ४० सदस्य रहेका छन् । यी सबैको कुल मतभार ३ हजार २३९ हुन्छ ।

यसैगरी प्रदेश सभामा सत्ता पक्ष कांग्रेसको १७५, माओवादी केन्द्रको ८३, नेकपा एसको २५, जसपाको २०, जपाको १६, लोसपाको १२, नाउपाको १२ र राजमोको एक गरी ३४४ सदस्य छन् । प्रदेशसभाको मतभार ४८ हुनेछ । सत्तापक्षको जम्मा मतभार १६ हजार ५१२ रहेको छ । संघ र प्रदेश गरी सत्तापक्षसँग ३२ हजार २३३ मतभार रहेको छ ।

अन्यको संघीय संसदमा एक सिट र प्रदेशसभामा १८ सिट रहेको छ । यहाँ अन्यको संघीय संसदमा ७९ र प्रदेशमा ८६४ गरी कुल ९४३ मतभार छ । माथिको तथ्याङ्क अनुसार गठबन्धन भारी मतसहित अगाडि रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो