सास | पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ ? Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ ?
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

के तपाइँ पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ, त्यसो भए जान्नुस यी २२ कुरा

५ आश्विन २०७३, बुधबार १३:०५

सास | पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ ?
त्यसो
भए नआत्तिनुस । तर केहि कुराको जानकारी नहुँदा तपाइँ अलमलमा पर्न सक्नुहुन्छ ।
यसैल अलमलिनु भन्दा फटाफट केके गर्नुपर्छ भन्ने कुरा जानकारी भएमा तपाईलाई कुनै
तनाबको स्थिति आउँदिन । आउनुस आज साझा सबालले तपाईलाई फ्लाइटमा यात्रा गर्नु अघि र
यात्रा गर्दै गर्दा केके गर्नुपर्छ भन्ने बारे केहि आवश्यक कुराबारे जानकारी
दिंदैछ ।

१. फोन वा इन्टरनेट मार्फत आफ्नो फ्लाइटको
सेड्युल चेक गर्नुस् । सेड्युल डिपार्टभन्दा ३ घण्टा अघिनै एएरपोर्ट पुग्नुस ।

२. फ्लाइट टिकटको प्रिन्ट औउट, पासपोर्ट
र आवश्यक डकुमेन्ट आफ्नो साथमै राख्नुस ।

३. लगेज प्याक गर्दा रुल अनुसार बिशेष ध्यान
दिनुहोस् । प्लेन चड्दा एउटा ह्याण्डब्याग मात्र लान पाइने हुँदा फ्लाइटमा आवश्यक
पर्ने सामानहरु मात्र ह्याण्ड ब्यागमा राख्नुहोस । बाँकी लगेजमा राख्नुहोस ।

४. आफुसँग ब्याण्ड गरिएको सामानहरु जस्तै
नक्कली सामानहरु
, हतियार, लाइटर, ब्लेड,
बिषादी,
रेडियोएक्टिभ
र एक्सप्लोसिभ सामग्रीहरु नलानुस ।

५. एएरपोर्टमा प्रवेश गर्ने समय फ्लाइट टिकटको
कपि र पासपोर्ट सेक्युरिटी गार्डलाई देखाउनुपर्ने हुन्छ ।

६. आफ्नो लगेज एक्सरे काउन्टरमा चेकिंग गराउनुस
। त्यसपछि स्टिकर लगाइन्छ ।

७. एयरपोर्टमा सबै एयरलाइन्सको काउन्टर बनेको
हुन्छ । जुन एयरलाइन्समार्फत तपाइको टिकट बुक भएको छ
, त्यसै काउन्टरमा
गएर आफ्नो टिकट देखाउनुहोस् ।

८. अब तपाइको डकुमेन्ट र टिकट हेरेर बोर्डिंग
पास दिइन्छ । अब तपाइँ प्लेनमा बस्नको लागि तयार हुनुभयो । यदी तपाइले चाहनुहुन्छ
भने त्यहि ठाउँमा झ्यालपट्टिको सिटको माग गर्न सक्नुहुन्छ ।

९. अब तपाइँले चेकि-इन काउन्टरमा बोर्डिंग पास
देखाउनुपर्छ । चेकिंग प्रोसेस पछी तपाइको ब्यागको तौल लिईन्
, ट्याग
लगाइन्छ र लगेजको रुपमा रहेको ब्यागलाई कार्गो सेक्सनमा पठाइन्छ । जुन लगेज तपाइ
जुन देश जाँदै हुनुहुन्छ त्यहि देशमा गएर पाउनुहुन्छ ।

१०. ह्याण्ड ब्यागमा ब्यागेज ट्याग लगाउनुस जुन
त्यहिका कर्मचारीले लगाईदिन्छन । ह्याण्ड ब्यागलाई स्क्रिनिंग गराउनुस । यदी
तपाइको ब्यागमा ल्यापटप छ भने निकाल्नुस र ल्यापटप सहित आफ्नो मोबाइल
, पर्सलाई
स्क्रिनिंग गराउनुस ।

११. अब तपाइको पुरै बडी चेकिंग हुन्छ र
बोर्डिंगपासमा छाप लागाइन्छ र तपाइँलाई दिइन्छ । अब तपाइँलाई देखाइएको इन्ट्री
गेटतिर जानुहोस । त्यहि तपाइले आफ्नो फ्लाइट र सिट नम्बरको सबै जानकारी पाउन
सक्नुहुनेछ ।

१२. टेकअफ हुने आधा घण्टा पहिले टर्मिनल गेट
खुल्छ । त्यो स्थानमा तपाइले बोर्डिंग पास र ह्याण्ड ब्याग छेक गराउनुपर्छ ।

१३. कहिले काही तपाइँ उड्ने प्लेन टर्मिनलबाट
धेरै टाढा हुनसक्छ । यस्तो अवस्थामा बसमार्फत प्लेनसम्म तपाईलाई लाने गरिन्छ । वा
प्लेन सिधै एरोब्रिजसंग जोडिएको हुन्छ । एरोब्रिजमार्फत तपाइँ सिधै प्लेन भित्र
छिर्न सक्नुहुन्छ । नत्र प्लेन नजिकै पुगेर भर्यांगबाट चढ्नुपर्छ ।

१४. अब एयर होस्टेसले तपाईलाई तपाइको सिटनम्बर
खोज्नमा मद्धत गर्नेछीन् । सिट मिलेपछि आफ्नो सिटकै माथि भएको सामान राख्ने
स्थानमा आफ्नो सामान राख्नुहोला ।

१५. प्लेन टेकअफ हुनुअघि क्रु मेम्बरले
अनिवार्य सुचना दिनेछन्
, त्यसलाई ध्यान दिनुहोला । अनि आफ्नो
सिट बेल्ट लगाएर फ्लाइटको लागि तयार हुनुहोस् ।

१६. जहाजका क्याप्टेनले जर्नी र फ्लाइटको
बारेमा केहि कुरा राख्छन । सबैले उक्त कुरा सुन्न सक्नुहुनेछ । तपाईलाई झ्याल
खोल्ने
, फुड ट्रे खोल्ने, मोबाइल अफ गर्ने र सिट मिलाउने जानकारी
दिईन्छ । यदी अफ्ट्यारो परे एएरहोस्टको मद्धत लिन सक्नुहुन्छ ।

१७. प्लेन टेकअफ भएपछी हावाकोचापमा बदलाव आउने
गर्छ
, यसकै कारण तपाइको कानमा दुखेको अनुभव हुन्छ । चुइन्गम खाएर वा
एयरबड्स लगाएर यसलाई केहि कामी गर्न सकिन्छ ।

१८. एयरलाइन वा फ्लाइट जर्नीको दुरी अनुसार
तपाईलाई खाना
, पेय पदार्थ दिने गरिन्छ । याद राख्नुस कतिपय
प्लेनमा खानको लागि छुट्टै चार्ज पनि लाग्छ जुन निकै महँगो हुन्छ । त्यसैले खाने
कुरा निशुल्क हो वा हैन सजिलै सोध्न सक्नुहुन्छ । मनोरंजनका लागि तपाईलाई प्लेनमै
भिडियो
, गेम लगायत सामग्री पनि प्रयोग गर्न सक्नुहुन्छ ।

१९. जहाज ल्याण्ड हुनु पहिले पनि तपाईलाई फेरी
केहि जानकारी दिने गरिन्छ ।

२०. प्लेन पुरा रुपमा ल्याण्ड भएपछी आफ्नो सिट
बेल्ट खोल्न सक्नुहुन्छ । अब बस वा एरोब्रिज मार्फत टर्मिनलसम्म जानुहोस ।
एएरपोर्टमा भएको साइनबोर्डलाई पछ्याउदा सहज हुन्छ । अनि आफ्नो आफ्नो ब्यागेज
काउन्टरबाट लिनुहोस् । यदी तपाइ अझै अर्को प्लेन चड्दै हुनुहुन्छ भने ब्यागेजको
चिन्ता नगर्नुस । उक्त ब्याग तपाई जुन देश जाँदै हुनुहुन्छ त्यहि गएर पाउनुहुन्छ ।

२१. एएरपोर्टमा लगातार कयौं फ्लाइट ल्याण्ड
हुन्छ
, यसैले डिस्प्लेमा आफ्नो फ्लाइटको डिटेल देखाएपछी आफ्नो सामान मुभिंग
बेल्टमार्फत आउँछ । यसमा तपाइले आधा घण्टासम्म पनि कुर्नुपर्ने हुनसक्छ ।

२२. फ्लाइटको नम्बर डिस्प्ले हुनासाथ आफ्नो
लगेज लिनुहोस् वा खोज्नुस । अब तपाइँ आफु गएको एयरपोर्टबाट बाहिर निस्कन
सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य