२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

पुनः प्रयोग हुने पानीको बोतलमा ‘ट्वाइलेट सिट’ भन्दा ४० हजार गुणा बढी ब्याक्टेरिया: अध्ययन

३० फाल्गुन २०७९, मंगलवार ०७:३९

फागुन ३०, काठमाडौँ | एक नयाँ अध्ययनले पुनः प्रयोग गर्न मिल्ने पानीको बोतलमा औसत 'ट्वाइलेट' सिट भन्दा ४० हजार गुणा बढी ब्याक्टेरिया हुने गरेको देखाएको छ। 

अमेरिकामा रहेको वाटरफिल्टरगुरु डटकमका अन्वेषकहरूले चार लोकप्रिय प्रकारका पानीका बोतलहरू स्पाउट, स्क्रू-टप, स्ट्रे र स्क्विज-टपको परीक्षण अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् ।

अन्वेषकहरूले बोतलका विभिन्न भागहरू स्वाब गरेर त्यसभित्र कसरी कोलोनी फर्मिङ इकाइ (सीएफयू) फेस्ट हुन्छन् भनेर अध्ययन गरेका थिए। सीएफयू कुनै पनि नमूनामा ब्याक्टेरियाको कन्सन्ट्रेसन निर्धारण गर्न प्रयोग गरिने एकाइ हो ।

अध्ययनमा खासगरी ग्राम नेगेटिभ रड र ब्यासिलस नामक दुई प्रकारका ब्याक्टेरियाहरू फेला परेका छन् । ई कोलि र क्लेबसिएला जस्ता ग्राम नेगेटिभ ब्याक्टेरियाले निमोनिया जस्ता गम्भीर संक्रमण निम्त्याउन सक्छ ।

ब्याक्टेरियाले गर्दा हुने संक्रमणहरू एन्टिबायोटिक्सलेसमेत काम नगर्ने किसिमको हुँदै गएका छन् । ब्यासिलसको सेवनले वाकवाकी, बान्ता, पखाला, र ग्यास्ट्रोइंटेस्टाइनल समस्याहरू निम्त्याउन सक्छ ।

'ब्याक्टेरियालाई पिउने पानीको जैविक दूषित पदार्थ भनेर चिनिन्छ । तिनीहरू चार प्रकारका प्रदूषकमध्ये एक प्रकारका हुन्, जुन तपाईंको धाराबाट निस्कने पानीमा र तपाईंको पुनः प्रयोग गर्न मिल्ने बोतलहरूमा हुन सक्छन् । अमेरिकी धाराको पानीलाई संसारको सबैभन्दा सुरक्षित मानिए पनि त्यहाँ पनि प्रदूषण हुन सक्छ,' अध्ययन पेपरमा भनिएको छ ।

औसतमा बोतलहरूमा २ करोड ८ लाख सीएफयू ग्राम नेगेटिभ ब्याक्टेरिया पाइएको छ। स्पाउट र स्क्रू-टप लिड बोतल ३ करोड सीएफयूसहित सबैभन्दा बढी प्रदूषित पाइएको छ।

तुलनात्मक हिसाबमा शौचालय अथवा ट्वाइलेटको सिटमा ५ सय १५ सीएफयू हुने देखिन्छ। यसको अर्थ भनेको फेरि प्रयोग गरिने बोतलहरूमा कम्प्युटर माउसको भन्दा चार गुणा बढी ब्याक्टेरिया, कुकरलाई खाना खुवाउने बल भन्दा १४ गुणा बढी र शौचालयको सिट भन्दा ४० हजार गुणा बढी ब्याक्टेरिया हुने गरेको यो अध्ययनले देखाएको छ। त्यसैले, तपाईंको बोतल सफा गर्नु तपाईंको दैनिक दिनचर्याको एक हिस्सा हुन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो