साताको पहिलो कारोबार दिन: घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on: 16 Apr, 2023

बैशाख ३, काठमाडौँ | नयाँ वर्ष २०८० को पहिलो तथा यो साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तोलामा ८०० रुपैयाँले घटेपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ७५० रुपैयाँले घटेर प्रतितोला १० लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। 

यसअघि गत वर्ष २०७९ को अन्तिम दिन, चैत ३० गते छापावाल सुनको मूल्य १ लाख १० हजार  ८०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ थियो। 

आइतबार चाँदीको मूल्य भने यथावत् रहेको छ। चैत ३० गतेको जस्तै आइतबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!