साताको अन्तिम कारोबार दिन: कतिमा हुँदै छ सुनचाँदी कारोबार ?

Posted on: 21 Apr, 2023

वैशाख ८, काठमाडौं | साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको भाउ बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ४ सय रूपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रूपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य स्थिर रहँदै हिजोकै जति प्रतितोला १ हजार ४ सय ४५ रूपैयाँ निर्धारण गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!