आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 24 Apr, 2023

बैशाख ११, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा मूल्य २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलामा १४ सय २० रुपैयाँ कायम छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!