अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलरसम्म सटही सुविधा पाउने

Posted on: 23 Jul, 2023

साउन ७, काठमाडौँ | सरकारले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई सहज हुने गरी सटही सुविधा बढेको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सय अमेरिकी डलरसम्म सटही सुविधा उपलब्ध गराएको छ ।  यसअघि यो सुविधा १५ सय डलर मात्रै रहेको थियो । 

सरकारले यस वर्षबाट विदेश भ्रमणमा जाने नेपालीबाट २ प्रतिशत वैदेशिक पर्यटन शुल्क लिन सुरु गरेको छ ।

यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो । हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृतिमा वा तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम क वर्गका वाणिज्य बैंकमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!