आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on: 24 Jul, 2023

साउन ८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जनाएको छ ।

महासंघले आज छापावाल सुन तोलामा १ लाख १२ हजार र तेजाबी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । 

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!