आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

Posted on: 24 Jul, 2023

साउन ८, काठमाडौँ | आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २६ अंकको गिरावट आएको छ । हिजो आइतबार मौद्रिक नीति आउँदा एकैदिन ६३ अंकले बढेको थियो । १.१९ प्रतिशतले घटेसँगै नेप्से परिसूचक २२ सय अंकको बिन्दुमा आएर रोकिएको छ । आज नेप्सेमा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ।  आज ५० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १६३ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर छ ।

परिसूचक घटेपनि आज किसन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । कित्तामा ७९ रुपैयाँले बढेपछि आज कम्पनीको सेयर मूल्य ८७१ रुपैयाँ पुगेको छ । यसबाहेक आज एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!