आगामी सनिबार बागमतीमा र्याफ्टिङ हुने

Posted on: 31 Aug, 2023

भदौ १४, काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले, बागमतीमा र्याफ्टिङ कार्यक्रम हुने भएको छ । 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले भदौं १६ गते बागमतीमा र्याफ्टिङ आयोजना गर्ने जानकारी दिएको हो । 


समिति प्रमुख सन्तोष बुढाथोकीले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको बताए । 

उनले भने, ‘जिल्ला समन्वय समिति काठमाडौंले वागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको छौं । ’

र्याफ्टिङ शनिबार बिहान ७ः३० देखि सुन्दरीजलबाट सुरु भई बेलुका ५ बजे चोभारमा समापन गर्ने कार्यक्रम रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!