यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 10 Sep, 2023

भदौ २४,काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ ०२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २३ पैसा र बिक्री दर १६५ रूपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!