हेर्नुहोस्, आज सोमबार कतिमा हुँदैछ सुनचाँदी कारोबार?

Posted on: 11 Sep, 2023

भदौ २५, काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!