हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार?

Posted on: 14 Sep, 2023

भदौ २८, कठमाडौं | बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि सोही कायम हुँदै प्रतितोला एक लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

तर चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!