तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on: 17 Dec, 2023

पुस १, काठमाडौं | पुस महिनाको पहिलो दिन सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, शुक्रवार मात्रै प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज घटेर १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन बजारमा चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मङ्सिर महिनामा सुनको कारोबार हालसम्मकै उच्च प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा सम्म कारोबार भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!