हेर्नुहोस् आज शुक्रबार कतिमा हुँदैछ सुनचाँदी करोबार ?

Posted on: 05 Jan, 2024

पुस २०, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!