१२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ करोबार ?

Posted on: 17 Jan, 2024

माघ ३, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँमा कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ८५० रुपैयाँ कायम थियो ।  यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा झरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!