आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

Posted on: 18 Jan, 2024

माघ ४, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य  प्रतितोला ७०० रुपैयाँको घटेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेर आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आएको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो बुधवार तोलामा १४ सय रुपैयाँ कायम थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!