उद्योग विभागमा महानिर्देशक फेरिए

Posted on: 18 Jan, 2024

माघ ४, काठमाडौँ |  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागमा नयाँ महानिर्देशक नियुक्त गरेका छन्। विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालयमा तान्दै उनको ठाउँमा सहसचिव यज्ञ राज कोइरालालाई नियुक्त गरेको हो । 

गौतमले विभागलाई गति दिन नसकेको निष्कर्ष निकाल्दै नयाँ नियुक्त गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।  

यसअघि कोइराला मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा कार्यरत थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!