बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 19 Jan, 2024

माघ ५, काठमाडौं | नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन १ लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर  १,३९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!