बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 21 Jan, 2024

माघ ७, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने झनै गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १,३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!