सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ, हेर्नुहोस् आज कतिमा हुँदैछ किनबेच ?

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको बजार भाउ तय गर्दै आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । महासंघले हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो ।

सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्य भने घटेको छ । आज १५ घटेसँगै चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!