आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on: 04 Mar, 2024

फागुन २१, काठमाडौं | सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि आज सोही मूल्य कायम भएको महासंघले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!