छिमेकी लघुवित्त र युनिभर्सल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

Posted on: 04 Mar, 2024

 फागुन २१, काठमाडौं | नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छिमेकी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

छिमेकको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस संस्थाले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । 


त्यस्तै युनिभर्सल पावर कम्पनीको बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

त्यसैगरी, युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले वितरण गरेको ८.५५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!