आज पनि तोलामा २ हजार रुपैयाँले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । आइतबार दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ  कारोबार भइरहेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो ।

छापावाल सुन आज एकैदिन २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख२२ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी मंगलबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हालसम्मकै सबैभन्दा उच्च मूल्य कायम भएको हो । यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!