एक सातामा तोलामा ६ हजारले बढ्यो सुनको मूल्य, तोलाको कति?

Posted on: 08 Mar, 2024

फागुन २५, काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्य एक सातामा तोलामा ६ हजार रुपैयाँले बढेको छ । यही फागुन १८ गतेयता सुनको मूल्ल लगातार बढेर नयाँ रेकर्ड बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा बिहीबार (हिजो) छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

फागुन १८ गते छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । फागुन २० गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार, फागुन २२ गते एक लाख २३ हजार र फागुन २३ गते प्रतितोला एक लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि एक सातामा तोलामा ८० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यही फागुन १८ गते चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!